२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

पत्रकार डेकेन्द्र हत्या प्रकरणः ३ जना हत्या आरोपित पक्रन उदासिनता

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणमा जिल्ला अदालत दैलेखबाट मुलुकी ऐन अ.ब. १९० नम्वर बमोजिम मुल्तबीमा राखिएका तीन जना हत्या मुख्य आरोपितहरु पक्रन दैलेख प्रहरीले उदासिनता देखाएको छ। अदातलले ती आरोपितहरु पक्राउ परेपछि मुद्दा प्रकृया अघि बढ्ने गरि मुल्तबीमा राखीएको हो।

प्रहरी हत्याका आरोपित पक्राउ

प्रहरी सहायक निरीक्षक बिक र जवान साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको थियो। कात्तिक १ गते साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धारिलो हतियारले हत्या गरेको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो।

सामूहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ।

१० वर्षपछि बम विस्फोटका आरोपित पक्राउ

१० वर्षपहिले गुडिरहेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ ।

भेरी नगरका प्रमुख घर्तीमाथि आक्रमणका आरोपित शाहीद्वारा प्रहरी समक्ष आत्मसमर्पण

गत वैशाख १३ गते भेरी नगरपालिकाका मेयर एवम सत्तारुढ नेकपाको कर्णाली प्रदेश कमिटीका सदस्य सिपी घर्तीमाथि भौतिक आक्रमण गरेको आरोप लागेका राष्ट्रिय युवा संघ जाजरकोटका पूर्व संयोजक दिपेन्द्र शाहीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

श्रीमती हत्या आरोपितलाई १० वर्ष कैद सजाय

उदयपुर जिल्ला अदालतले श्रीमती हत्याका आरोपित अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ। श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको बेलका नगरपालिका ५ का ३५ वर्षीय तीर्थराज पुलामीमगरलाई बिहीबार बसेको अदालती पैmसलाले १० वर्ष कैद सजाय सुनाएको हो।

पत्रकार डेकेन्द्र हत्या प्रकरण: १५ वर्षपछि मुख्य आरोपी पक्राउ

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपितमध्येका एकजना पक्राउ परेका छन्।

पत्रकार डेकेन्द्र हत्या प्रकरण : मुख्य आरोपित १५ वर्षपछि पक्राउ

२०६१ साउन २७ गते दैलेखको नौमुलेस्थित द्धारीको जंगलमा कुटपिट गरि जिउँदै खाल्डो खनेर गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाका मुख्य आरोपितलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मुख्य आरोपित चार जनामध्ये दुल्लुनगरपालिका–६ छिउँडीपुसाकोटका बमबहादुर खड्का (अरुण) लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। मंगलबार नै प्रहरीले जिल्ला अदालत दैलेखमा उपस्थित गराएको थियो।

बलात्कार आरोपितलाई पाँच दिन म्याद थप

रुपन्देहीको सम्मरीमाई गाउँपालिका-३ थुम्हवा पिपरहवामा भएको नाबालिक किशोरीमाथि सामूहिक बलात्कारको आरोपीहरुलाई रुपन्देही जिल्ला अदालतले अनुसन्धानको लागि ५ दिनको म्याद थप गरेको छ।

'हत्या आरोपित' सापकोटा सभामुख प्रस्तावित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो।

इञ्जिनीयर हत्या आरोपितलाई कैद सजाय

सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ।

चार वर्षपछि बालविवाह आरोपितलाई कैद सजाय

बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका– ६ (पूर्वपिप्रा गाउँ)की १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवाना गर्नाका साथै बालविवाह गरेकामा १० हजार रुपैयाँ जरिवाना गरेको थियो।

यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन्।

भ्रष्टाचार आरोपित खड्काको राजीनामा

आर्थिक अनियमितता आरोपमा आठ महिनादेखि जिम्मेवारीविहीन नेपाल आयल निगमका कार्यकारी गोपाल खड्काले पुनः निगम फर्किने प्रयास असफल भएपछि अन्ततः बिहीबार पदबाट राजीनामा दिएका छन् । चार वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त खड्काले भ्रष्टाचारमा बदनाम भएपछि पदावधि सकिन ६ महिना बाँकी छँदै बाध्य भएर पदबाट राजीनामा दिन बाध्य भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्