गड्डाचौकी नाका मंगलबारदेखि बन्द हुने
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चैत ११ गते (मंगलबार)देखि भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
प्रदेश नं. २ का सुरक्षा अधिकारीहरूले भारतीय पक्षसँगको सहकार्यमा सीमामा ‘लकडाउन’ गरी आउजाउमा कडाई गरेका छ। भारतको विहारसम्म कोरोना फैलिएपछि खुल्ला सीमाका कारण नेपालमा पनि संक्रमणको प्रभाव पर्न सक्ने भन्दै सीमा ‘लकडाउन’ गरिएको हो।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता स्वरुप नेपालगन्जस्थित नेपाल–भारत सीमानाका बन्द गरिएको छ।
प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएकाले कोरोना भाइरसको उच्च जोखिम हुँदा सीमाक्षेत्रबाट हुने ओहोरदोहोरमा शनिबारदेखि कडाइ गरिएको छ।
भारतबाट स्वास्थ्य परीक्षणबिना नेपाल प्रवेश गर्नेहरूका कारण सीमावर्ती गाउँहरूमा त्रास बढेको छ। मोरङ, झापा, इलाम, सुनसरीजस्ता सीमावर्ती जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका युवा यतिबेला धमाधम घर फर्किरहेका छन्।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी ?पमा फैलिरहेकाले डुंगाबाट आवतजावत हुने बैतडीका तल्लोसोराडकााट बन्द गरिएको छ। महाकाली नदीमा डुंगा चढेर ओहोरदोहोर हुन ८ वटा घाट अनिश्चित कालको लागि बन्द गरिएको हो। बैतडीको झुलाघाट सीमानाका भने खुला गरिएको छ।
विश्वव्यापी रूपमा महामारी बनेर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नाका बन्द भएपछि रसुवागढी सुनसान बनेको छ।
टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो देखिएको छ। त्यहाँ दिनहुँ ओहोरदोहोर गर्ने करिब दुई हजारजति मानिसमा कसैलाई पनि कोरोना भाइरस भए/नभएकोबारे जाँच गरिँदैन।
टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो भएको छ। त्यहाँ दिनहुँ करीब २ हजारको संख्यामा मानिस ओहोरदोहोर गर्छन्। उनीहरु कसैलाई पनि कोरोना भाइरस भए नभएको बारेमा चेकजाँच गरिदैन।
कोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ।
सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ।
नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो।
कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा उपभोक्ताले ग्यास अभाव हुने ठाने पनि उद्योगीले भने आपूर्ति सहज रहेकाले मागअनुसार पाइने बताएका छन्।
रसुवागढी नाका जोड्ने छोटो दूरीको गल्छी–मैलुङ सडक स्तरोन्नतिको काम ६० प्रतिशत सकिएको छ। गल्छीदेखि रसुवागढीसम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अघि बढाइएकोमा गल्छीदेखि मैलुङसम्मको ६० प्रतिशत काम सकिएको हो।
कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि उत्तरतर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।