१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रदेश २ को सीमा ‘लकडाउन’

सिरहाको सुनसान माड्र नाका।

लहान – प्रदेश नं. २ का सुरक्षा अधिकारीहरूले भारतीय पक्षसँगको सहकार्यमा सीमामा ‘लकडाउन’ गरी आउजाउमा कडाई गरेका छ। भारतको विहारसम्म कोरोना फैलिएपछि खुल्ला सीमाका कारण नेपालमा पनि संक्रमणको प्रभाव पर्न सक्ने भन्दै सीमा ‘लकडाउन’ गरिएको हो।

भारतीय सीमासँग प्रदेश नं. २ को चार सय ६४ किलोमिटर सीमा जोडिएको छ। दुई पक्षीय सुरक्षा अधिकारीहरूको समन्वयमा सप्तरीको तिलाठी, सिरहाको ठाढी र माड्र, धनुषाको जटही, महोत्तरीको भिठामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर, पर्साको विरगञ्ज नाका मात्र खुल्ला गरिएका छन्।

बाराको सबै नाका बन्द गरिएको छ। खुल्ला गरिएका नाकाबाट भारतमा रहेका नेपालीहरूलाई मात्र प्रवेश छुट छ। उनीहरूको विस्तृत विवरण लिएर सम्बन्धित पालिका र प्रहरीलाई जानकारी दिएर मात्र छोड्ने तयारी छ। फर्किनेहरूलाई १४ दिनसम्म ‘क्वारेन्टाइन’ मा बस्ने सर्तमा छोड्ने सुरक्षा तयारी छ। भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। 

प्रदेश नं.२ सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालका अनुसार अहिले हामीले गरेको अवस्था चुनावका बेला गरिएको जस्तै दुईतर्फी सुरक्षा समन्वयमा भएको हो। यसलाई कुन भाषा प्रयोग गर्नुहुन्छ मलाई थाहा भएन उनले नागरिकसँग भने,‘ ‘हामीले दुइतर्फी आउजाउलाई पातलो पार्न खोेजेका हौं ।’ 

प्रदेश नं. २ को ८ वटा जिल्लाका ८ वटा नाका कडा सुरक्षा निगरानीमा खुल्ला छन्।   यो करिब करिब सीमा सिलकै अवस्था हो। प्रदेश २ मा ३९ वटा भन्सार नाका छन्। प्रदेश नं. २ का ८ वटै जिल्ला भारतीय सीमासँग टाँसिएको छ। ८ वटै जिल्लाबाट भारतका विभिन्न प्रान्तमा काम गर्नेको ठूलो संख्या छ।  

सीमा नाकाबाट दैनिक सैयौंको संख्यामा मानिस नेपाल–भारत ओहरदोहर गर्छन्। भिड ओहोरदोर गर्दा निम्तिन सक्ने संभावित खतरालाई मध्य नजर गरी निश्चित नाकाबाट मात्र स्वास्थ्य जाँच गरेर ओहरदोहर गर्ने बन्दोबस्त मिलाइएको प्रदेश नं. २ का प्रहरी प्रमुख डिआइजी प्रदुम्न कार्कीले बताए। भारत सरकारले आइतबार भारतमा जनता कर्फ्यू घोषणा गरेकोले सीमा नाका करिब करिब सुनसान रह्यो।

‘दुई देशका सुरक्षा अधिकारीहरुको समझदारीमा चुनावकै जसतो  रणनीति अपनाइएको छ,’ डिआईजी कार्कीले भने,‘अनावश्यक आउजाउलाई ठप्प पार्ने हो ।’ वारिपारि आउजाउमा कडाइ नगरिए अवस्था अनुकुल नहुन सक्ने पनि हुन सक्छ, उनले भने।भारतमा कोरोना फैलिएसँगै सीमा क्षेत्रका ७५ ठाउँमा हेल्प डेस्क र प्रहरीको चेक पोइन्ट स्थापना गरिएको छ। ‘अहिलेसम्म चेकजाँच गर्दा सीमा क्षेत्रबाट कोरोना आशंकित व्यक्ति भेटिएका छैनन्,’कार्कीले भने,‘खुल्ला सीमा नाका खुम्चिएसँगै चेकजाँच अझ सघन बनाइन्छ ।’

 

प्रकाशित: ९ चैत्र २०७६ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App