सर्लाहीमा फेरि आगलागी
सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।
सर्लाहीमा मंगलवार राति आगलागी भएको छ।लगातार केही दिनदेखि आगलागी भइरहेको सर्लाहीमा पुनः आगलागी हुँदा लाखौँको क्षति भएको छ।
२ वर्ष देखि सुठौली भन्सार कार्यालयमा थन्किएको सवारी साधनहरु लिलामी नहुँदा कवाडी बन्दै गएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ।आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्।
मंसिर ४ मा भएको आमनिर्वाचनपछिको यो चुनाव सत्ताधारी गठबन्धन र प्रतिपक्षी एमाले लोकप्रियताको जनमतको कसीमा थिए। तर तिनका लागि यो उपनिर्वाचन फलदायी हुन सकेन।
राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ।परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए।
मुस्लिम समुदायका कैदीबन्दीले शनिबार कपिलवस्तु कागरागारभित्रै इदउल फित्र मनाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ।
नेपालगन्जको जमुनाहदेखि हुम्लाको सिमीकोट हुँदै उत्तरी छिमेकी मित्र राष्ट्र चीनको तिब्बतसम्म जोडिने कर्णाली करिडोरलाई पश्चिम नेपालको एक जीवनरेखाका रूपमा हेरिएको छ ।
यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।
सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ।
बेलाबेला डनहरूले विभिन्न देशका पेस्तोलहरू प्रयोग गरेका घटनाहरू त बाहिरिएकै थिए। तर यस पटक त ‘एके–४७’ बन्दुकनै प्रयोग भएको छ।
खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन्।
कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिना दिन नबित्दै इलाम कारागारबाट १ कैदी फरार भएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केवलकारले आइपीओ निष्कासन गर्ने भएको छ।