७ वैशाख २०८१ शुक्रबार
अर्थ

बन्दीपुर केवलकारको आइपिओ निष्कासन हुँदै

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केवलकारले आइपीओ निष्कासन गर्ने भएको छ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ।

लिमिटेडको प्रतिशेयर  एक सय रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा बिच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कुल तीन अर्ब ४९ करोड रुपैयाँ लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब पन्ध्र करोड रुपैयाँ रहेको छ। चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् चार करोड ३० लाख रुपैयाँ बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने दश प्रतिशत अर्थात् २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ।

परियोजना निर्माण २०७६ साल साउन ४ मा सुरु भएको थियो। कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ।

कम्पनीले २०८० साल वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मंसिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ। बन्दीपुर गाउँपालिका-४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ। केवलकार एक किलोमिटर लम्बाइको हुनेछ। रासस

प्रकाशित: १६ चैत्र २०७९ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App