१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा बहुमतद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ। २०७७ साल फागुन २१ गते तत्कालीन नेपाल सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्दै द्वन्द्वकालीन झुटा मुद्दा खारेजी, सम्पूर्ण राजबन्दी रिहालगायत माग राखी विरोध प्रदर्शन गरको हो।  

प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका पार्टीका सम्पूर्ण जनवर्गीय संगठनहरूको सहभागिता रहेको थियो। नक्सालस्थित भाटभटेनीबाट तीनबुँदे सहमति कार्यान्वयन गर, झुटा मुद्दा खारेज गर, सम्पूर्ण राजबन्दी रिहा गर, नेकपा (बहुमत) जिन्दावादलगायत नारा लगाउँदै सुरु भएको विरोध र्याली बालुवाटारमा पुगेर कोणसभामा परिणत भएको थियो। सो कोणसभाको नेतृत्व पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले गरेका थिए।  

कार्यक्रममा नेताहरूले सरकारले ३ बुँदे सहमति कार्यान्वयनमा उदासीनता देखाइरहेको बताए। समयमै ३ बुँदे सहमति कार्यान्वयन नगरे पार्टी सशक्त संघर्ष गर्न बाध्य हुने पार्टी संयोजक कञ्चनले बताए। उनले त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार आफैं हुनुपर्ने भन्दै सरकारलाई चेतावनीसमेत दिए। कार्यक्रमको सञ्चालन पार्टीका बागमती उपत्यका ब्युरो इन्चार्ज शरदले रसाइली गरेका थिए।

प्रकाशित: ९ वैशाख २०८० ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App