१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

फोहोर फाल्ने ठाउँमा भेटियो पाँच लाख !

फाइल तस्वीर

सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ दुर्गा मन्दिरनजिकै भित्री सडक खण्डको फोहोर फाल्ने ठाउँबाट प्रहरीले पाँच ला बढी नक्कली नेपाली रूपैयाँ फेला पारेको हो।

लालबन्दी बजारदेखि दुई किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले एक हजार दरका ५३० थान नक्कली नोट बरामद भएको हो। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीको कमान्डमा गएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त परिमाणको नोट बरामद गर्नुका साथै ६०० पिस पैसा आकारको कागज पनि बरामद गरेको छ। बरामद गरिएको नोटको नम्बर फरकफरक रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जनाएका छन्।

सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ।

सर्लाहीमा नक्कली नेपाली नोट, नोट छाप्न तयार कागज तथा नक्कली नोटको काराबार गर्ने मानिस निरन्तर फेला परिरहेका छन्।

गत चैतमा सर्लाहीको बलरा नगरपालिका-६ गडहिया गाउँका विवेक कुर्मीको घरमा नक्कली नोट बनाउने मेसिन नै सञ्चालन गरी नक्कली नोट बनाउने काम भइरहेको सूचना पाएर छापामारी गरेको थियो।

प्रहरीले नोट छाप्ने मेसिन बरामद नगरे पनि छापामारी खानतलासी गर्दा पैसा छाप्ने कागज दुई पोका बरामद गरेको थियो। घरधनी विवेक कुर्मी फरार भएका थिए। नक्कली नोटको कारोबारमा संलग्न अन्य चार जना पनि फरार भएका थिए। फरार पाँचैजनाको प्रहरीले खोजी गरिरहेको छ।

प्रहरीले नोट छाप्ने मेसिन बरामद नगरे पनि छापामारी खानतलासी गर्दा पैसा छाप्ने कागज दुई पोका बरामद गरेको थियो। घरधनी विवेक कुर्मी फरार भएका थिए।

यसअघि बलरा नगरपालिका-५ अर्नाहा टोलका रामप्रसाद यादव नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेका थिए। चैतमै बरहथवा नगरपालिका-१७ स्थित बागमती सिँचाइ आयोजनाको नहरमा दुई लाख ६८ हजार नेपाली नक्कली रूपैयाँसहित मधेस प्रदेश जनकपुर र इप्रका बरहथवाको संयुक्त टोलीले यादवलाई चारैतिरबाट घेरा हाली पक्राउ गरेको थियो। यादवलाई चेकजाँच गर्दा लाखौं रूपैयाँ नेपाली हजारको नक्कली नोट बरामद भएको थियो।

सर्लाही प्रहरीले राम प्रवेश राम, सुबन परियार, गोपाल खनालसहित नौजनालाई नक्कली नेपाली रूपैयाँ कारोबार गर्ने गरेको आरोपमा पक्राउ गरिसकेको छ। सर्लाही प्रहरीले तीन लाख ३६ हजार रूपैयाँ नक्कली नोट बरामद गर्नुका साथै २३७ बन्डल कागज र कागज काट्ने मेसिन बरामद गरिसकेको छ।

यसैगरी नक्कली नोटको कारोबारमा प्रयोग गरिने भारतीय नम्बरका गाडी पनि बरामद गरिसकेको छ।

यसअघि बलरा नगरपालिका-५ अर्नाहा टोलका रामप्रसाद यादव नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीले सर्लाहीमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको बताइसकेका छन्। नक्कली नेपाली नोटको कारोबार गर्ने, छपाइ गर्ने, ओसारपसार गर्ने तथा अन्य पक्षसित सरोकार राखेर सर्लाही प्रहरी निरन्तर सक्रिय रहेको एसपी सुवेदीको भनाइ छ।

प्रकाशित: ६ वैशाख २०८० ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App