१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।

रोल्वालिङ आयोजनाको काम हिउँदबाट थालिने

अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परिपूरकका रूपमा रहेको रोल्वालिङ जलविद्युत् आयोजनाको काम हिउँददेखि सुरु गर्ने तयारीमा रहेको बताए।

तामाकोसी ढिलाइले कति घाटा ?

नेपाल विद्युत् प्राधिकरणले तामाकोसीको बिजुली प्रतियुनिट ४.०६ रूपैयाँको दरले किनेर प्रतियुनिट औसतमा ९ रूपैयाँ ५० पैसाको दरले बिक्री गर्न सक्थ्यो। आयोजना तोकिएको समयमै नबन्दा प्राधिकरणले पनि प्रत्येक वर्ष १० अर्बको दरले ६ वर्षमा ६० अर्ब रूपैयाँ आम्दानी गुमाएको छ। यो आयोजनामा सेयर लगानी गरेका लगानीकर्ताले पनि ६ वर्षको अवधिसम्म प्रतिफल प्राप्त गर्न सकेका छैनन्।

ठेकेदारलाई फर्कन अवरोध भएपछि प्रधानमन्त्री कार्यालयका सचिव सिडिओ लिएर तामाकोसीमा

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा काम गरेको ठेकेदारलाई फर्किन बिभिन्न समूहसहित प्रशासनकै अवरोध भएको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने जिल्ला स्थित सुरक्षा अधिकारीहरुलाई लिएर शुक्रबार दिउँसो आयोजनास्थल पुगेका छन्।

माथिल्लो तामाकोसीको सबै युनिट राष्ट्रिय प्रसारणमा

अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले माथिल्लो उक्त आयोजनाको ६ वटै युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडान भइसकेको बताए।

माथिल्लो तामाकोसी बनाएको विदेशी ठेकेदारलाई घर फर्किन सिडिओ कै अवरोध

११ वर्ष लगाएर माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरी घर फर्किन खोजेको विदेशी ठेकेदार कम्पनीलाई आयोजनास्थलबाट फर्किन विभिन्न समूहसंगै प्रशासन र सिडिओले नै अवरोध गरेका छन्।

माथिल्लो तामाकोसीबाट असार २१ देखि बिजुली

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायत सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सबै प्रकारको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।

११ वर्षपछि आउँदै माथिल्लो तामाकोसी, ६ मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताबाट घुमाइँदै

स्वदेशी लगानीको सबैभन्दा ठूलो बहुप्रतिक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जडान भएका ६ वटा मध्ये पहिलो ‘टर्बाइन’ यहीं साताभित्र घुमाएर ७६ मेगावाट बिजुली उत्पादन गरी आयोजनाबाट विद्युत उत्पादनको काम प्रारम्भ गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।

माथिल्लो तामाकोसीको ७६ मेगावाट साताभित्रै राष्ट्रिय प्रसारणमा

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली एक साताभित्रै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको छ। बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ तथा अन्य परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो।

माथिल्लो तामाकोसीको सुरुङमा पानी खसाल्न सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले संयुक्त रूपमा आयोजनाको स्विच थिचेर सुरुङमा पानी खसालेका हुन्।

माथिल्लो तामाकोसीको बाँधमा पानी राख्न थालियो

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले यसको पेनस्टक पाइप जडान कार्य ३/४ दिनभित्रै सकिने बताए। ‘अहिले आयोजनाको काम तीव्र रफ्तारमा भइरहेको छ,’ प्रवक्ता न्यौपानेले नागरिकसँग भने। आयोजनाले एक साताभित्र सुरुङमा पानी खसाल्ने तयारी भइरहेको जनाएको छ।

माथिल्लो तामाकोसी ढिलासुस्तीमा प्रधानमन्त्रीको चासो

‘अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोसीको काममा ढिलाइ गरिएको छ। मैले यसतर्फ अलिकति विशेष ध्यान दिनुपर्ने, रुची बढाउनुपर्ने जस्तो मैले देखेको छु,’ प्रधानमन्त्री ओलीले भने,

माथिल्लो तामाकोसीबाट वैशाखभित्रै बिजुली

बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन वैशाखभित्रै गरिने भएको छ। आयोजनाले आगामी चैत मसान्तदेखि परीक्षण गर्ने गरी पूर्वाधार निर्माणको काम गरिरहेको छ।

यो वर्ष आउला माथिल्लो तामाकोसी ?

पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर सुरु गरिएको यो राष्ट्रिय गौरवको परियोजना १० वर्षमा पनि पूरा नभएको अवस्था छ । समय थपिँदै जाँदा लागत ३५ अर्बबाट बढेर ८० अर्ब रुपैयाँ पुगिसकेको छ ।

माथिल्लो तामाकोसीको जटिल काम सकियो

आयोजनाको अत्यन्तै जटिल मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरेसँगै कात्तिकसम्ममा पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न सकिने स्थिति बनेको आयोजनाले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्