११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पहिलो पटक जुगल हिमाल आरोहण

राजधानीबाट सबैभन्दा नजिक देखिने जुगल हिमालको पहिलो आरोहण तयारी पूरा भएको आयोजकले जनाएका छन्। प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र हिमाल रहेको जुगल गाउँपालिकाको संयुक्त आयोजना तथा सिन्धु पर्यटन परिषद्को समन्वयमा जुगल आरोहण गर्न लागिएको हो। सिन्धु चेली माया गुरुङको नेतृत्वमा आरोहण दलका सदस्य शुक्रबार जुगल हिमशृंखलाको आधार शिविरतर्फ प्रस्थान गर्दै छन्।

दुई दशकमा ५ प्रतिशत वन वृद्धि

पछिल्लो समय नेपालको वन क्षेत्र बढेको छ। वन तथा वातावरण मन्त्रालयका अनुसार २०५६ सालयता करिब ७ लाख ५५ हजार हेक्टर जमिनमा वन क्षेत्र वृद्धि भएको हो।

गैंडा गन्तव्य

प्राणी र वनस्पतिबीचको चक्र वातावरण हो। जसलाई दिगो बनाउन प्राणी र वनस्पतिबीच सहअस्तित्वको सम्बन्ध हुनुपर्छ। पृथ्वी सबैको साझा हो भन्ने भावनाबाट प्रेरित भई नीति, योजना र कार्यक्रम बनाउँदामात्र सहअस्तित्व स्थापनामा सहयोग पुग्छ।

मनमा राखौं वन

‘वनप्रति माया गर्न सिकौं’ नाराका साथ आज अन्तर्राष्ट्रिय वन दिवस मनाइँदै छ। जगतप्रति माया अनि सद्भाव पूर्वीय दर्शनको मूल धेय हो। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,’ मानवका लागि मात्र नभई सम्पूर्ण चराचर जगतका लागि भनिएको हो। पूर्वीय सनातन दर्शनको मूल ग्रन्थ वेदमा प्रकृतिलाई प्रमुख उर्जाका रूपमा औंल्याइएको छ, जहाँ रूखलाई प्राण अनि यसले दिने हावालाई प्राणवायु (अक्सिजन) भनिएको छ।

चित्रबाटै संरक्षणको सन्देश

मुलुकभित्रका ६ सयभन्दा बढी चराको चित्र बनाइसकेका कलाकार हेम पौडेल ७८ वर्षको उमेरमा पनि चित्रकलामै समर्पित छन्। चित्रकलामार्फत् वातावरण संरक्षणको जनचेतना फैलाउने अभियन्ता हुन् उनी। चराका आकृति र तिनका बासस्थानलाई चित्रमा उतारेर संरक्षणको सन्देश बाँड्दै आएका कलाकार हुन्– हेम पौडेल।

प्रियंका र आयुष्मान सरकारको ‘स्वच्छ वातावरण’ अभियन्ता

सरकारले नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त गरेको छ। वन तथा वातावरण मन्त्रालयमा फागुन ७ गते बसेको मन्त्रीस्तरीय बैठकले प्रियंका र आयुष्मानलाई एक वर्षे कार्यकालका लागि अभियन्ताको रुपमा नियुक्त गरेको हो। मन्त्रालयका अनुसार उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गर्ने छन्।

‘घरभित्रै पहिले लगानीको वातावरण बन्नुपर्छ’

सरकारले आगामी चैतको दोस्रो साता फेरि लगानी सम्मेलन आयोजना गर्दैछ। यहीबेला एकातिर गत वर्षहरुका तुलनामा अहिले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) घटिरहेको छ भने अर्कोतिर निजी क्षेत्रले मुलुकभित्रै लगानी र व्यावसायिक वातावरण नबनेको बताउँदै आएको छ। गत वर्षको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताबाट आएको प्रतिबद्धताअनुसार एफडिआई आइरहेको छैन।

विकास र वातावरणको सन्तुलन किन ?

विकास भनेको गरिबको दोहन र प्रकृतिको विनाश गरी धनी व्यक्तिहरूको धन बढाउने कार्य मात्र हुन जानेछ। असमानता बढाउने र मुठ्ठीभर व्यक्तिहरूलाई फाइदा पुर्‍याउने विकासका मोडेलले समाजलाई समृद्धितर्फ नभई संघर्षतर्फ लैजान्छ।

चुरे क्षेत्रको दोहन अनियन्त्रित

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा अनियन्त्रित ढंगले उत्खनन भइरहे पनि सम्बन्धित निकाय मौन रहँदै आएको छ। चुरे क्षेत्रका चाँदीखोला, हिलेखोला, डाङडुङे, अल्लाजोर तथा लमाहाखोलामा जथाभावी रूपमा खोलाजन्य पदार्थको उत्खनन हुँदै आइरहेको छ। चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै गिटी, ढुंगा र बोल्डर खोस्रेर दैनिक ठूलो परिमाणमा निकासी हुने गरेको स्थानीयको आरोप छ।

चुरेमा वृक्षरोपण

चुरे क्षेत्र वातावरणीय दृष्टिकोणले संवेदनशील क्षेत्र हो। देशको कुल प्राकृतिक वन क्षेत्रमध्ये २३ प्रतिशत वन क्षेत्र चुरेले ओगटेको छ। चुरेको धेरैजसो वनक्षेत्रको भू–भाग जनघनत्व धेरै भएको र पहुँचयोग्य स्थानमा रहेकाले चुरे क्षेत्र उच्च जोखिममा रहँदै आएको छ।

‘हरित क्रान्ति अभियानले जलवायु अनुकूलनमा सार्थककता’

वातावरण प्रदुषणलाई शुद्धीकरण गर्ने उद्देश्य राखेर सुनसरीको चतराधाममा शनिबारदेखि श्रीराम तारकब्रह्म महायज्ञ तथा प्रदेश १ लाई हरित क्रान्ति अभियान बनाउने घोषणा गरिएको छ। फागुन ७ गतेसम्म चल्ने महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।

प्रकृतिमाथि प्रहार

विकास निर्माण निम्ति प्राकृतिक स्रोतसाधन प्रयोग आवश्यक छ। यसरी प्रयोग प्रयोग हुने स्रोतसाधन र वातावरणबीचको सन्तुलन अपरिहार्य हुन्छ। एउटा सानो उद्योग वा निर्माणमा समेत वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने कारण पनि यही हो। वातावरणलाई बेवास्ता गरी सञ्चालन गरिने विकास निर्माणका कामले अन्ततः समृद्धिभन्दा विपत्ति बढ्ता ल्याउँछ। हालैका वर्षमा अति ठण्डी र अति गर्मीको अवस्था विश्वका विभिन्न मुलुकले भोग्दै आएका छन्।

कथा-व्यथा हाकुको

धेरैपटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौँ। क्यानाडाको थम्सन रिभर युनिभसिर्टीबाट अएको अध्ययनटोलीसँग यात्रा भयो। तीन सदस्यीय टोलीले भूकम्पपछि हाकुका बिस्थापितहरूको अवस्थाबारे अनुशन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा. बाला, क्यानडाका प्रोफेसर जेफ मोर र वातावरणविद् सिजल पोखरेल थिए।

छाउगोठमुक्त गाउँमै ठडिँदै छाउगोठ

तीन वर्षअघि वातावरण सुधार समाजको अगुवाईमा सुर्खेत र दैलेखका अधिकांस स्थानीय तहलाई छाउगोठमुक्त घोषणा गरियो। साविकका गाविस कार्यालयसँगको सहकार्यमा गाउँगाउँमा छाउगोठ भत्काइए। महिला समूह र धामी–झाँक्रीलाईनै छाउगोठ भत्काउन लगाइयो। तामझामका साथ छाउगोठमुक्त गरिएका गाउँहरुमा अहिले धमाधम छाउगोठ बनाउने अभियानै चलेको छ।

वैदेशिक लगानीको प्रतिबद्धता उल्टै घट्यो

सरकारले वातावरण बनेको भन्दै लगानी गर्न आग्रह गरिरहेको बेला मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता उल्टै घटेको पाइएको छ। चालु आर्थिक वर्षको ६ महिनामा आएको विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्ष सोही अवधिको तुलनामा २७ प्रतिशतले कम हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्