२ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

प्रियंका र आयुष्मान सरकारको ‘स्वच्छ वातावरण’ अभियन्ता

काठमाडौं– सरकारले नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त गरेको छ।

वन तथा वातावरण मन्त्रालयमा फागुन ७ गते बसेको मन्त्रीस्तरीय बैठकले प्रियंका र आयुष्मानलाई एक वर्षे कार्यकालका लागि अभियन्ताको रुपमा नियुक्त गरेको हो। मन्त्रालयका अनुसार उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गर्ने छन्। 

केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यले आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मानले स्वच्छ वातावरण महाअभियानको अभियन्ताको जिम्मेवारी पाउँदा  खुशी लागेको बताए। आफूलाई दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने उनीहरुको प्रतिबद्धता छ।

प्रकाशित: १२ फाल्गुन २०७५ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App