२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सुखी र शान्त समाजको स्थापनामा सबै लागाैं: राष्ट्रपति पौडेल

.

.

राष्ट्रपति रामचन्द्र पौडेलले सुखी र शान्त समाजको स्थापनामा सबै लाग्नुपर्नेमा जोड दिएका छन्।

ब्रह्माकुमारी नेपालद्वारा नवनिर्मित (ब्रह्माकुमारीज ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टर) को आइतबार भक्तपुरको नगरकोटमा उद्घाटन गर्दै उनले समस्त देशवासी र आगन्तुक पर्यटकहरुको श्रेष्ठ चिन्तन, संयमित चरित्र र संस्कार निर्माण गरि सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने विश्वास प्रकट गरे।

नेपालमा करिब ६ दशकदेखि र विश्वमा ८७ वर्षदेखि शान्ति, सद्भाव र भाइचाराको उत्थानमा लागेको ब्रह्माकुमारीज नेपालले मानवमात्रको चरित्र र कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट स्थानीयवासीलाई पनि सदमार्गमा लाने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले भने- "वर्तमान निराशा, संशय, वैरभावको भयले आक्रान्त भागदौड र तनावपूर्ण परिवेशमा अध्यात्म चिन्तन योगध्यान अभ्यास र विश्व बन्धुत्वको भावनाबाट नै समाजमा शान्ति र उन्नति सम्भव हुने र संस्थाको अभियानले सभ्य शान्त समाजको निर्माण मा ठूलो टेवा पुर्‍याएको धारणा राख्छु।

संस्थाले आध्यात्मिक ज्ञान र राजयोगको माध्यमबाट श्रेष्ठ गुणवान् सच्चरित्रवान र चिन्तनशील नागरिक निर्माण गरी समाज र राष्ट्रलाई सकारात्मक दिशा प्रदान गरेकोमा उनले संस्था र यसको अभियानको सह्राहना समेत गरे।

राष्ट्रपति पौडेलले भने– "संस्था र नवनिर्मित यस स्थानबाट नागरिकको चिंतनको चरित्र र जीवनशैलीलाई समेत माथि उठाउन सघाउ पुर्‍याउने अपेक्षा गर्दछु। राष्ट्रपति पौडेलले आयोजक ब्रह्माकुमारी संस्था र यसको नेतृत्वमा रहेर कार्य गर्ने यसका साधक साधिका ब्रह्मावत्सहरुको निरन्तर प्रगतिको कामना गर्दै कार्यक्रम र अभियानको सफलता र उत्तरोत्तर प्रगतिको कामना गरे।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो तथा आफ्नो सम्पूर्ण परिवारको ब्रह्माकुमारी परिवारसँग घनिष्ठ रहेको, खासमा आफूलाई संस्थाका साधक साधिकाहरूको अनुहारको दिव्य आभा र चमकले निकै आकर्षित गरेको बताए। 

प्रकाशित: २ मंसिर २०८१ १८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App