विद्यालय पुनर्निर्माणका समस्या
रसुवाका १० विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीलाई समस्या भइरहेको छ।
रसुवाका १० विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीलाई समस्या भइरहेको छ।
रसुवा उत्तरगया–५ की १३ वर्षीया एक बालिका केही हप्ताअघि गाउँनजिकैको जंगलमा आमैसँगै घाँस काट्न गएकी थिइन्। भिरालो पाखोमुनि घाँस काट्दै गरेकी उनी माथिबाट बाँदरले लडाएको ढुंगाले लागेर तत्कालै बितिन्।
हामी निरास नभई निरन्तर अघि बढ्दै जानुपर्छ। वर्षौदेखि हामीले जोतिरहेको जमिनको स्वामित्व देशका धनी, ठूला व्यक्ति तथा मन्त्री र नीति निर्माण तहमा रहेकाहरुसँग छ।
नेपालमा २०१६ सालमै विर्ता प्रथा अन्त्य भएको घोषणा गरियो। अहिलेको संविधानको भाग ४ राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व, धारा ५१ राज्यका नीतिहरू, (ङ) भूमि र भूमि सुधारसम्बन्धी नीतिको बुँदा १ मा ‘भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार गर्ने’ जस्ता महŒवपूर्ण विषय छन्। यस्तो व्यवस्था हुँदाहुँदै पनि अहिलेसम्म २०१६ सालमा उन्मूलन घोषणा भएका विर्ता प्रथा ज्युको त्युँ छ। मोही समस्या र गुठीका नाममा नापी गरिएका किसानका जग्गामा दोहोरो स्वामित्व कायमै छ। किसान वर्षौँदेखि स्वामित्वको समस्यामा छन्। तर कानुनी हिसावमा यस्तो कार्य अन्त्य गर्नका लागि लेखिएको भए तापनि कार्यान्वयनमा आउन सकेको छैन।
नेपालमा भूकम्पले ठूलो क्षति पु-याएको ४ वर्ष बित्यो। यसबीच सरकारी तथा सामाजिक संस्थाहरूले पुनर्निर्माणमा सक्दो सहयोग गरे। यस क्रममा रसुवामा मात्र ७७ प्रतिशत निजी आवास निर्माण सकिएको छ। बाँकी बनाउने क्रम जारी पनि छ। गाउँगाउँमा निजी आवास पुनर्निर्माणको चटारो छ तर अशक्त, अपांगता भएका, एकल महिला, ज्येष्ठ नागरिक मात्र भएका परिवारले चाहिँ घर बनाउन सकेनन्। यस्तो परिवार जोखिमयुक्त बस्तीमा परेका विस्थापित समुदायमा पनि छन्। समाजमा यस्ता वर्गको अवस्था अझै उस्तै छ। उनीहरू आफैँ न आफ्ना समस्या व्यक्त गर्न सक्छन् न कसैले सुन्न÷बुझ्न नै चाहन्छन्। धेरैले समतामूलक समाज निर्माणका कुरा गर्छन्। अहिले त समृद्धिको कुरा पनि थपिएको छ। थिचिएका, मिचिएका गरिब, दलित, भूमिहीन, सुकुमवासी, विस्थापित, अपांगता भएका र एकल महिला अझै पिँधमै छन्। जसको हेक्का कमैलाई मात्र छ।
धेरैपटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौँ। क्यानाडाको थम्सन रिभर युनिभसिर्टीबाट अएको अध्ययनटोलीसँग यात्रा भयो। तीन सदस्यीय टोलीले भूकम्पपछि हाकुका बिस्थापितहरूको अवस्थाबारे अनुशन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा. बाला, क्यानडाका प्रोफेसर जेफ मोर र वातावरणविद् सिजल पोखरेल थिए।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला नेपालमा रेल कुदाउन सम्झौता गरी फर्किए। केपी ओली नेतृत्वको सरकारको आफ्नो ५ महिने प्रगति प्रतिवेदनमा पनि चीनसँग भएको यो सम्झौतालाई प्रमुखसाथ उल्लेख गरिएको पायौँ। चिनियाँ र नेपाली संयुक्त प्राविधिक टोलीले गरेको अध्ययनअनुसार आगामी ९ वर्षमा रेल सेवा सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ।
हिमाली जिल्ला रसुवा राजधानीबाट नजिक भएर पनि विकासका निकै दृष्टिले पछि परेको छ । भूकम्पपछि त यहाँको जनजीवन झनै खस्केको छ । भूकम्पले माववीय, भौतिक मात्र नभई सांस्कृतिक, आर्थिक, क्षेत्रमा पनि ठूलो क्षति भएको छ । प्राकृतिकरूपमा पनि धेरै नोक्सानी भएको छ ।
रसुवामा स्थित गोसाइँ–कुण्ड धार्मिक तीर्थस्थल तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सम्पदाका रूपमा चिनिन्छ ।
नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्।
शायदै कममात्र दिन होला नेपालमा कुनै दिवस नपरेको । कुनै दिन त धेरै दिवस जुधेकासमेत हुन्छन् । पक्कै पनि त्यस्ता दिवसले कुनै न कुनै सकारात्मक सन्देश दिने वा महत्वपूर्ण उद्देश्य लिएका हुन्छन् । तर नेपालमा कुनै संकेतका रूपमा वा नाममात्रको दिवस मनाउने त्यसमा पनि उपस्थित ऐक्यबद्धता अति नै न्यून देख्न सकिन्छ ।
हिमाली जिल्ला रसुवा राजधानीबाट नजिक भएर पनि विकासको दृष्टिले पछि परेको छ । विनाशकारी भूकम्पपछि यहाँको जनजीवन अझै खस्केको छ । भूकम्पले मानवीय, भौतिकमात्र नभई सांस्कृतिक, आर्थिक क्षेत्रमा पनि ठूलो क्षति भएको छ ।