बिपी देश विकास दर्शन
नेपाली कांग्रेस कम्युनिस्टहरूलाई बिपीको लोकतान्त्रिक समाजवादको सिद्धान्त र भावनाहरू स्वीकार गराउन सफल भएको छ न कि कम्युनिस्टहरूको अजेन्डा या सिद्धान्तमा फसेको छ ।
नेपाली कांग्रेस कम्युनिस्टहरूलाई बिपीको लोकतान्त्रिक समाजवादको सिद्धान्त र भावनाहरू स्वीकार गराउन सफल भएको छ न कि कम्युनिस्टहरूको अजेन्डा या सिद्धान्तमा फसेको छ ।
देशको भलाइ सोच्ने हो भने खर्बौंँ लाग्ने परियोजनालाई गम्भीर तयारीपछि मात्र सञ्चालन गरौँ। हल्काफुल्कारूपमा नलिऔँ।
समाज, संस्कृति र सभ्यता– प्रकृति र मानवबीच निरन्तर चलिरहने अन्तरसम्बन्ध र अन्तरसंघर्षका उपज हुन्। पूर्वी विश्व दृष्टिकोणबाट प्रभावित हाम्रो समाज र संस्कृतिले सदैव जीव, जगत् र जीवनको अन्तरसम्बन्ध र सहअस्तित्व स्वीकार गरेको पाइन्छ। मानिस आफूलाई प्रकृतिको एक अंश हो भन्ने ठान्छ, त्यसैले होला– अन्य समाजभन्दा पूर्वीय समाज प्रकृति, प्राकृतिक स्रोत र अन्य जीवजन्तु उपयोगमा धेरै हदसम्म संयमित र अहिंस्रक छन्।
वास्तवमा हाम्रो प्रगति हामी कति सपना देख्छौँ भन्नेमा होइन, विकासप्रति हामी कति दृढ संकल्पित छौँ भन्नेमा निर्भर गर्छ।
२ सय ५० वर्षजति पहिले ‘आधुनिक नेपाल’ स्थापना हुँदा संयुक्त राज्य अमेरिकालगायत संसारमा हाल अस्तित्वमा रहेका थुप्रै देशको जन्मै भएको थिएन। हाम्रो देशमा प्रजातन्त्र आउँदा कैयौँ देश उपनिवेशी शासनबाट मुक्ति पाउन संघर्ष गर्दै थिए। सुख, समृद्धि र स्वतन्त्रताको चाहानामा हामीले पनि २००७ सालमा जहानीयाँ राणा शासन फाली प्रजातन्त्र ल्यायौँ, २०४६ सालमा जनआन्दोलन गरी एक दलीय पञ्चायती व्यवस्था अन्त्य गरी बहुदल ल्यायौँ, २०६३ मा संवैधानीक राजतन्त्र समाप्त पारी गणतन्त्र ल्यायौँ र एकात्मक राज्य प्रणाली त्यागी संघीय संरचना स्थापना ग¥यौँ।
विकास भनेको गरिबको दोहन र प्रकृतिको विनाश गरी धनी व्यक्तिहरूको धन बढाउने कार्य मात्र हुन जानेछ। असमानता बढाउने र मुठ्ठीभर व्यक्तिहरूलाई फाइदा पुर्याउने विकासका मोडेलले समाजलाई समृद्धितर्फ नभई संघर्षतर्फ लैजान्छ।
मिथिला नरेश जनकले आफ्नी सुन्दर छोरी सीताको वर छान्न आयोजना गरेको समारोहमा लंकाका राजा रावण पुष्पक विमान लिएर आएका थिए भनिन्छ । यस कथालाई सत्य मान्ने हो भने हालको २ नं प्रदेशको आकाशमा र भूमिमा आजभन्दा हजारौँ वर्ष पहिले त्रेता युगमा नै विमान उडेको र अवतरण भएको रहेछ । जनकको पावन र ज्ञान भूमिमध्ये हालको २ नं प्रदेशको बारा जिल्लामा हाल प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणस्थल बारेमा भने विभिन्न जोड र कोणबाट छलफल भइरहेका छन्।