थप ९ हजार २४७ जनामा संक्रमण, २ सय १४ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ।
कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा आउन थालेको छ । चिकित्सकका अनुसार मृत्युदर र निको भएर जानेको संख्या हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आउने दिशातर्फ अघि बढेको छ ।
शव व्यवस्थापनका लागि मृतकका आफन्तहरुले सास्ती भोगिरहेका बेला प्रदेश अस्पतालले आवश्यक सामाग्रीहरु अस्पतालबाटै निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।
कैलाली जिल्लामा कोरोनाको तीव्र संक्रमणले संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ।
‘निषेधाज्ञा प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य सहरमा संक्रमण दर घटेको देखिएको छ। तर संक्रमण गाउँगाउँमा फैलिसकेको हुनाले अहिल्यै घटेको या बढेको भनेर निष्कर्ष निकाल्न सकिन्न।’
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको छ।
यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।
ताप्लेजुङमा ९ स्थानीय तहमध्ये २ स्थानीय तहमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको पाइएको छ।
इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई कोरोना संक्रमण भएको छ। केही दिनयता घरमै आइसोलेसनमा रहेका प्रमुख बराललाई आइतबार छातीमा समस्या देखिएपछि इलाम अस्पताल ल्याइएको थियो।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन्।
दोस्रो चरणमा नयाँ भेरियन्टसहित फैलिएको कोरोना संक्रमणबाट बाँकेमा एक महिनाभित्र २ सय ४२ जनाको मृत्यु भएको छ।
कैलालीमा नयाँ भेरियन्टसहितकाे कोरोना संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ ।
कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढी रहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ५५प्रतिशत काेराेना संक्रमणमुक्त भएका छन्।, ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै शनिबार नेपालमा ८ हजार १ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले कोभिड संक्रमित व्यक्ति तथा संक्रमणको कारण मृत्यु भएका आफन्तहरुबाट मनोमानी भाडा लिएको आरोपमा दुई चालकलाई पक्राउ गरेको हो।