१६ चैत्र २०८० शुक्रबार
समाज

कैलालीमा सक्रिय संक्रमितकाे संख्या ४ हजार नाघ्यो

कैलालीमा २० दिनमा १ सय १३ को मृत्यु

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा बढी रहेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ । पिसिआर जाँच गरेका ३५ सय ६४ र एन्टिजेन जाँच गरेका ५ सय १८ गरी ४ हजार ८२ जना सक्रिय संक्रमित रहेका छन् । वैशाख महिनामा मात्र ३५ सय सक्रिय संक्रमित थपिएका हुन् ।

कैलाली जिल्लामा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले बिकराल रुप लिँदै गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएर भयावह अवस्था बनेको छ । अस्पताल भरिभराउ भएका छन् । अस्पतालमा आईसियु, भेन्टिलेटर त परको कुरा बेड समेत खाली पाउन संक्रमितलाई मुस्किल परेको छ । ठाउँ नभएर संक्रमितलाई अस्पतालको भुईमा, ग्यालरी र सिढीमुनी समेत राखेर उपचार गर्ने गरिएको छ । अस्पतालमा ठाउँ नभएर कडा लक्षण भएका कयौ संक्रमितहरु होम आइसोलेसनमा नै बसेर उपचार गरिरहेका छन् । अक्सिजनको हाहाकार भएको छ । अक्सिजन नपाएर कयौको ज्यान गैरहेको छ । 

कैलालीमा कोराेनाको संक्रमणले अहिले सम्म १ सय ४४ जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो । वैशाख १२ गते १ जनाको ज्यान गएकोमा त्यसयता कैलालीमा १ सय १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित: १ जेष्ठ २०७८ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App