coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कैलालीमा सक्रिय संक्रमितकाे संख्या ५ हजार नाघ्याे

कैलाली जिल्लामा नयाँ भेरियन्टको तीव्र संक्रमणले संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ।

पिसिआर जाँच गरेका ४ हजार ५ सय ९ र एन्टिजेन जाँच गरेका ५ सय १६ गरी ५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन्। शनिवार र आईतवार दुई दिनमा मात्र ९ सय ४३ सक्रिय संक्रमित थपिएका छन्।

कैलालीमा कोराना संक्रमणले अहिले सम्म १ सय ६२ जनाको मृत्यु भईसकेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो। कोरानाको दोस्राे लहरले वैशाख १२ गते १ जनाको ज्यान गएको थियो। 

त्यस यता नयाँ भेरियन्टको कोराना संक्रमणले तीन सातामा कैलालीमा १ सय ३१ जनाको मृत्यु भएको छ। सुदूरपश्चिममा कैलाली सवैभन्दा बढी संक्रमण र मृत्युदर भएको जिल्ला हो।

प्रकाशित: ३ जेष्ठ २०७८ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App