५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङको मिक्वाखोला र फक्ताङ्लुङ संक्रमणविहीन पालिका

ताप्लेजुङमा ९ स्थानीय तहमध्ये २ स्थानीय तहमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको पाइएको छ। संक्रमित फेला परेको ९ स्थानीय तहमध्ये फुङलिङ नगरपालिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन्। नगरपालिकामा कोरोनाका कारण ५ जनाले ज्यान समेत गुमाएका छन् भने गाउँपालिकामा संक्रमण कै कारण १ जनाको ज्यान गएको छ। जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार आइतबार मध्यान्हसम्मको बिबरण अनुसार फुङलिङ नगरपालिकामा पिसिआर परीक्षणमा पठाएको संख्या ५३० जनामध्ये संक्रमित संख्या २ सय ३ रहेको छ।  

नगरपालिका क्षेत्रका ५ जनाले ज्यान गुमाएका छन्। १० जना स्वास्थ्य लाभ गरेर डिस्चार्ज भएका छन्। खरेलका अनुसार २ सय ६ जनाको स्वाब परीक्षण गर्न पठाएकोमा त्यसको नतिजा आउन बाँकी रहेको छ। यस्तै मैवाखोला गाउँपालिकामा ५ जना संक्रमित छन्। ३७ जनाको पिसिआार परीक्षण गर्न पठाएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यो गाउँपालिकाका १ महिलाको उपचारका क्रकमा धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो। मेरिङदेन गाउँपालिकामा १२ जना संक्रमित रहेका छन्। ५५ जनाको पिसिआर परीक्षण गर्न पठाएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने थप ५५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइको छ।  

अहिले सम्म संक्रमितविहीन गाउँपालिका हो मिक्वाखोला। यो गाउँपालिकाबाट २० जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले जानकारी दिए। १ एन्टिजेनसहित सिरिजङ्घा गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन्। प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ३५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। एक जनाको एन्टिजेन पोजेटिभ आएपछि त्यहाँ स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।  

पाथीभरा याङ्वरक गाउँपालिकामा ४ जना पोजेटिभ रहेका छन्। २० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए। आठराइ त्रिबेणी गाउँपालिकामा ५ जना सक्रिय संक्रमित रहेका छन्। ४८ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले जानकारी दिए। सिदिङ्वा गाउँपालिकाका ७४ जनाको एन्टिजेन परीक्षणका क्रममा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  

यो अवस्था देखेपछि ४९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको तर रिपोर्ट नआएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए। अहिले सम्म फक्ताङ्लुङ गाउँपालिकाका सक्रिय संक्रमित देखिएका छैनन्। त्यहिँ भएर यो अवस्था कायम राख्न गाउँपालिकाले पालिका प्रवेश गर्नेहरुको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाण अनिवार्य हुनुपर्ने नियम बनाइएको छ। पालिका भित्रका जनतालाई पनि अत्यावश्यक काम बाहेक पालिका भन्दा बाहिर जान प्रतिवन्ध गरिएको गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले जानकारी दिए।

प्रकाशित: २ जेष्ठ २०७८ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App