६ आश्विन २०८१ आइतबार
image/svg+xml

मृगौला बिरामीले नामावली सार्वजनिक गर्नुपर्ने

मृगौला प्रत्यारोपण गराएका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले बुझिलिएको रकम र भुक्तानी गरिएकाहरुको नामावली अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने भएको छ।

अफगानिस्तानमा किशोरीलाई माध्यमिक शिक्षामा रोकः विश्व बैंकद्वारा प्रस्तावित चार परियोजना रद्द

तालिवानले शारिया कानुन तथा अफगानी परम्पराअनुसार किशोरीहरूका लागि स्कुल युनिफर्मको निर्णय भएपछि मात्रै विद्यालय खुल्ने बताएको छ। तालिवानको यो निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ। उता राजधानी काबुलमा शनिबार यो निर्णयविरुद्ध प्रदर्शनसमेत भएको छ। प्रदर्शनकारीले तत्काल विद्यालय खोल्न माग गरेका छन्।

सानिमाको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर शाखाद्वारा ग्लोबल मनिविक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने

जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन्।

सरकारी उद्योग यथास्थितिमा सञ्चालन गर्न नसकिने

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०७८ अनुसार सरकारले करिब ६ खर्ब रूपैयाँ लगानी गरेका सार्वजनिक संस्थानहरूले गुणस्तरीय सेवा दिन सकेका छैनन्।

एसएलसीको भूत एसइइ!

कहिले सबै पास त कहिले विद्यालयलाई नै कारखाना बनाउने भन्दै अप्राज्ञिक काममा राज्यको ढुकुटी घोप्ट्याउने गरिन्छ। शिक्षा जस्तो गम्भीर र संवेदनशील क्षेत्रमा गरिने यस्ता अवैज्ञानिक प्रयोगले समग्र नेपाली शिक्षा क्षेत्रको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ।

स्थानीय सरकारले जनताको मन जितेर काम गर्नुपर्छ: प्रधानमन्त्री देउवा

तनहुँको ऋषिङ गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनउत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे। गाउँपालिकाले निर्माण गरेको प्रशासकीय भवनको उनले उद्घाटन गरेका थिए।

तीनै तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।

प्लाष्टिकमुक्त कर्णालीका लागि कानुन बनाइँदै

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्लाष्टिकका कारण वातावरण प्रदूषण हुनुका साथै अर्गानिक कर्णाली प्रदेश बनाउने अभियानमा बाधा पुगेकाले प्लाष्टिक नियन्त्रणका लागि कानुन बनाउन लागिएको बताए।

नेपालले र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने आँकलन

नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन्।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ: जापान सरकार

जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ। जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो।

सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

पार्टीका तर्फबाट मन्त्री बनेका चार जनाको कार्यशैलीप्रति नेता तथा कार्यकर्ता त्यति खुसी छैनन्। खास गरी भौतिक पूर्वाधारमन्त्री रेणु यादव र कृषिमन्त्री महेन्द्र यादवको कार्यशैलीप्रति पार्टीभित्र धेरै गुनासो आएको एक नेताले बताए।

खेती लगाउन कालापहाडबाट फर्कंदै जुम्ली

रोजगारीका लागि भारत पसेका जुम्ली फर्कने क्रम सुरु भएको छ। नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लाबासीको दैनिक घुइँचो लाग्न थालेको छ। गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन्।

पाँचवटा बस वर्ष दिन थन्काएर संस्थालाई दिँदै मधेस सरकार

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको मन्त्रालयले खरिद गरेका ती बस पछिल्लो सरकारले कार्यविधिलाई कारण देखाएर सञ्चालनमा ल्याएन। अहिले आएर मधेस सरकार ती बस प्रयोग नगर्ने निर्णयमा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्