१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ: जापान सरकार

फाइल तस्बिर।

जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ। जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो।

उक्त मन्त्रालयलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन सेवा एनएचकेले जनाएअनुसार उत्तर कोरियाले बुधबार बिहान सो क्षेप्यास्त्र हानेको हो। यस विषयमा विस्तृत जानकारी भने बाहिर आएको छैन।

उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र हानेको हुनसक्ने अनुमान जापान सरकारले गरे लगत्तै दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि सो विषयमा जानकारी गराएको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने सो ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाले हानेको तर असफल भएको जनाएको थियो।

प्रकाशित: ३ चैत्र २०७८ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App