२३ आश्विन २०८१ बुधबार
image/svg+xml

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

ज्योति बैंकको शाखा र एटिएम विस्तार

ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाइडमा शाखा विस्तार गरेको छ। बैंकले कास्कीको तालचोक र लेकसाइड, महेन्द्रनगर, धरान, चापागाउँ, गोंगबु र महाराजगन्जमा एटिएम सेवा सञ्चालन गरेको हो।

अष्ट्रियाका राष्ट्रपति बेलेन र उपराष्ट्रपति पुनबीच भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुनले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन होफवर्गमा भएको भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको छ।

इङ्ल्यान्डलाई हेल्सको समर्थन

एलेक्स हेल्सले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने विश्वकप २०१९ को टोलीमा स्थान बनाउन नसके पनि इङ्ल्यान्डलाई सधैं आफ्नो समर्थन रहिरहने बताएका छन्।

यार्सागुम्बा संकलकबाट तीन तहको कर असुली

यार्सागुम्बा संकलन गर्न लेक पुगेका सर्वसाधारणबाट गाउँपालिका र वडाले तीन तहको कर असुली गर्न थालेका छन्। गाउँपालिका तथा वडाले सिमानाभित्र रहेका यार्सागुम्बा पाइने पाटन तथा लेकमा प्रवेश गर्न गाउँपालिकाभित्रका बासिन्दा, जिल्लाभित्र र बाहिरका संकलकको तीन तह निर्धारण गरी कर असुली गर्न थालेका हुन्। कर असुली गर्नेमा साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुगल नगरपालिका १ र २ वडा छबिसपाथिभेर ७ वडा र दुर्गाथली गाउँपालिका १ वडा रहेका छन्।

नगरपालिकाको सपिङ कम्प्लेक्समा गुणस्तरहीन इटा

भ्रष्टाचारमा शून्यसहनशीलता भनेरै गौरीगंगा नगरपालिकाको कार्यालयमा बोर्ड टाँगिएको छ। तर, त्यही बोर्ड नजिकै गुणस्तरहीन इटा प्रयोग गरेर नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउन थालेको छ। इटा भट्टाको ‘लालपेटी’मा प्रयोग भएका कच्चा इटा प्रयोग गरेर भवन निर्माण गरिन थालिएको भन्दै सर्वत्र विरोधका आवाज सुनिन थालेका छन्।

बानेश्वरमा आइप्लेक्स मल तयार

हाल काठमाडौंमा सञ्चालन रहेका मलहरुको तुलनामा अझ बढी सुविधा तथा पूर्वाधारसहित नयाँ बानेश्वरमा आइप्लेक्स मल नामको व्यापारिक कम्प्लेक्स तयार भएको छ।

महानगर र पुरातत्वकै स्वीकृति

राजधानीको ठमेलस्थित कमलपोखरी हडपेर छायादेवी कम्प्लेक्स (छाया सेन्टर) निर्माण गर्न राज्यका जिम्मेवार निकायका अधिकारीहरूलाई नै प्रभावमा पारेको तथ्य भेटिएको छ। पुरातात्विक वस्तु तथा क्षेत्र संरक्षणको दायित्व बोकेको पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले कम्प्लेक्स निर्माण रोक्न कानुनी प्रक्रिया अपनाउनुको सट्टा सहयोगी भूमिका खेलेको पाइएको छ। पुरातत्वले कमलपोखरी जोगाउन कुनै कदम नचालेर अनि महानगरले भवन निर्माणका लागि नक्सा पास गरिदिएर कम्प्लेक्स निर्माणलाई सहज पारिदिएको देखिन्छ।

चिन्ट उत्पादनको टेक्निकल सेमिनार

नेपालका लागि चिन्ट इलेक्ट्रिक उत्पादनको एकल अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर र कन्ट्रयाक्टरलाई आफ्नो उत्पादनबारे जानकारी दिन टेक्निकल सेमिनार आयोजना गरेको जनाएको छ।

उर्वरा जमिन बगरमा परिणत

लेकवेशी नगरपालिका–८ का बलबहादुर सुनारको चिंगाड खोला किनारमा एक बिघा जमिन थियो। खोला किनारकै जमिन भएकाले उब्जनी राम्रो हुन्थ्यो। त्यहाँको उत्पादनले उनको परिवारलाई वर्षभरीलाई खान पुग्थ्यो। उनीसँग अहिले जमिनको लालपूर्जा मात्रै बाँकी छ।

‘इसिटिएस’मा व्यापारीकै ‘हचपच’

नेपाली ‘कन्टेनर’मा ‘इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम’ (इसिटिएस) लागू हुनुलाई तेस्रो मुलुकसँगको नेपालको व्यापार नयाँ युगमा प्रवेश गरेको अथ्र्याइएका बेला सरोकारवाला व्यापारीमध्ये कतिपयले यसलाई पचाउन गाह्रो मानेका छन्। ‘इसिटिएस’मार्फत प्रत्यक्ष ‘ट्रान्ससिपमेन्ट’ सम्बन्धी वीरगन्जमा मंगलबार आयोजित अन्तरक्रियामा व्यापारीले यस्तो ‘हचपच’ देखाए।

मापदण्डविपरीत बन्यो पौडी पोखरी

नेपालगन्ज रंगशाला परिसरमा स्विमिङ कम्प्लेक्स बन्न लागेको झन्डै एक दशक भयो। अहिलेको अवस्थासम्म आइपुग्न नेपाल सरकारले १४ करोड २८ लाख रकम पोखरी निर्माणमा खर्च गरिसकेको छ। तर दशक बित्दा पोखरी खेल्न योग्य भइसकेको छैन।

लेकका हामी केटाकेटी

संगीतकार एवं गायक आभास काठमाडौंको काँठ क्षेत्रका रैथाने हुन्। महानगरको उत्तरपूर्वी कुनो आलापोटमा ०१९ चैत १ मा जन्मेका हुन् उनी। सामान्य किसान परिवारमा जन्मे/हुर्केका उनी लामो साधना र संघर्षबाट स्थापित संगीतकर्मी बनेका हुन्।

जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्