५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

यार्सागुम्बा संकलकबाट तीन तहको कर असुली

बझाङ - यार्सागुम्बा संकलन गर्न लेक पुगेका सर्वसाधारणबाट गाउँपालिका र वडाले तीन तहको कर असुली गर्न थालेका छन्। गाउँपालिका तथा वडाले सिमानाभित्र रहेका यार्सागुम्बा पाइने पाटन तथा लेकमा प्रवेश गर्न गाउँपालिकाभित्रका बासिन्दा, जिल्लाभित्र र बाहिरका संकलकको तीन तह निर्धारण गरी कर असुली गर्न थालेका हुन्। कर असुली गर्नेमा साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुगल नगरपालिका १ र २ वडा छबिसपाथिभेर ७ वडा  र दुर्गाथली गाउँपालिका १ वडा रहेका छन्।

सधैका बर्ष झै यस बर्ष पनि यार्सागुम्वा संक्लन गर्न साईपाल गाउँपालिको राईढुङ्गि पाटनमा जाने भनेर घर बाट आए पैसा लेकमा चाहिदैन रासन भए पुग्छ भनेर साहु बाट उदारो सासन एक महिनाको लागी बोकर आएको भए पनि साईपाल गाउँपालिका १  धलौन प्रबेश द्वारमा आफुलाई कर १ हजार शुल्क नबुझाए सम्म प्रवेश पत्र नदिएको मष्टा गाउँपालिका १ का शेर बहादुर ओखेडाले बताए। उनले भने पैसा खल्तीमा छैन। लेकमा यार्सागुम्वा संकलन गरेर दिन्छु भनेर धेरै हारगुहार गरे मेरो कुरा कसैले सुनेन एक पाईला अघाडि बढन नदिए पछि। आफुले बोकेको ५० केजि चालम हातको घडि र जकेट धरौटि राखेर ४ घण्टा उकालो हिडेर नाङ्गनामा पसल गरेर बसेको गाउँले ब्यापारी बाट ऋण  सापट मागेर बुझाए पछि छुटकारा पाए अहिले निकै कडा गरेको छ पहिलेका बर्षहरुमा यस्तो थिएन।

यार्सागुम्वा आफनै लेकमा पाईने हुन यस अघिका बर्षहरुमा कसैलाई एक रुपैया पनि हामीले बुझाउनु परेन। हामीलाई सहयोग हुन्छ र गाउँ ठाउँमा बिकास गर्छन भन्ने आसमा स्थानिय चुनावमा छिमेकिहरु संग झगडा गरेर भए पनि मतदान गरेर बिजय गराएका थियौ। अहिले  सहयोग पाउनुको साँट्टो नेताहरुले  लेकमा दु.ख गरेर कमाई गर्न हिडेका हामी गरिब माथि कर असुली गर्न थालेको सुर्मा गाउँपालिका २ घोगाडाका मनबिर बोहराले बताए।

उनले भने लेकमा यार्सागुम्वा संकलन गर्न जाने ब्यतिmहरु बाट स्थानियलाई १ सय जिल्ला बासिलाई ५ सय र जिल्ला बाहिरकालाई १ हजार प्रबेश शुल्क लगाएका रहेछन। आफनो घर बाट ४ सय बुझाए। गाउँमा अधिकांस बेरोजगारी छन। सबैको रोजगारी भनेको बर्षमा दुई महिना यार्सागुम्वा संकलन गनु मात्र हो। यार्सागुम्वा संकलन गर्न जाँदा भिर पाखा उकाली ओरीला गनु पर्छ।बाटो निकै डर लाग्दा हुन्छन।गाउँपालिकाले हामी बाट उठाएको करले हाम्रो लागी बाटो निमार्ण गर्न भनेको मैले थाहा पाएको छु। बाटो निमार्ण गरे हामीलाई नै सजिलो हुने स्थानिय नरेश बोहराले बताए।

उनले भने  भिरको  बाटो हडिदा चिप्लेर  ७ दिन अघि एक जना महिलाको मृत्यु भयो।बर्षमा तिन चार जनाको ज्यान जान्छ। हामी बाट उठाएको कर कसैले खानु हाम्रो होईन। बिकासमा लगाउनु पर्छ।  गाउँपालिकाको आम्दानी अरु केहि छैन। गएको बर्ष बिभिन्न कारणले ब्यबस्थापन गर्न सकिएन। यस बर्ष गाउँपालिकाले निर्णय गरेर प्रत्यक वडाले यार्सागुम्वा संकलन गने ब्यतिmहरु बाट तिन तहको राजशव तथा कर असुली गने निर्णय गरेको सुर्मा गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले बताए।

उनले भने स्थानियलाई भुउपयोग कर भनेर १ सय जिल्ला भित्रका ब्यतिmहरुलाई ५ सय जिल्ला बाहिरका ब्यतिmलाई १ हजार शुल्क लगाउने भनेर तोकेका छु। १ देखि ५ वडामा जिम्मेवारी पनि दिएका छु। गाउँपालिका सफल भए १० लाख भन्दा बढि राजशव असुली हुन्छ। यार्सागुम्वा बाट उठेको रकमले यार्सागुम्वा संकलन क्षेत्रमा बाटो काटने निर्णय समेत भएको छ।  जनताले गाउँपालिकाको बिकास गर्न हामीलाई ५ बर्षको जिम्मेवारी दिएका छन।यार्सागुम्वा संकलन गर्न पाटन तथा लेकहरुमा संकलकहरुले मनोमानि कमाई गने उनीहरुको ईच्छा हो।गाउँपालिकोले उनीहरुलाई भुउपयोग गर्न प्रवेश दिए वाफ  सामान्य शुल्क संकलन गरेको साईपालगाउँपालिका उपाअध्यक्ष कल्पना बोहराले बताए।

उनले भने प्रत्यवडालाई जिम्मेवारी दिएका छु।गाउँपालिकाले प्रहरी सहितको अनुगमन तथा गस्ती टोली पनि गठन गरेको छ। गत बर्ष यार्सागुम्वा बाट मात्र २८ लाख राजश्व असुली भएको थियो। यो बर्ष ५० लाख उठाउने लक्ष छ। लेकमा हुम्ला बाजुराका मान्छेहरु खुल्ला सिमाना भएकाले लेक बाटै आउने गरेका छन। जिल्ला भित्र र बाहिरा अन्य संकलकहरु धलौन र धुली भएर प्रशेब गने भएकाले प्रत्यक नाकामा कर्मचारी जनप्रतिनिधि र क्लवका केटाराखेका छु। प्रवेश गने हेरक ब्यतिmलाई पास दिईन्छ। लेक बाट फर्ता नुहदा सम्म संगै राख्नु भनेका हुन्छु। गाउँपालिका भित्रका स्थानियलाई  ५ सय जिल्ला भित्रकालाई १ हजार  बाहिर जिल्लाका ब्यतिmलाई २ हजार लगाएका छु। सानवालबालिकाको अबस्था हेर रकम असुल हुन्छ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App