२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

चिन्ट उत्पादनको टेक्निकल सेमिनार

काठमाडौं – नेपालका लागि चिन्ट इलेक्ट्रिक उत्पादनको एकल अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर र कन्ट्रयाक्टरलाई आफ्नो उत्पादनबारे जानकारी दिन टेक्निकल सेमिनार आयोजना गरेको जनाएको छ। जेजांग चिन्ट इलेक्ट्रिक कम्पनी प्रालिको चिन्ट इलेक्ट्रिक चीनको नम्बर १ र युरोपको दोस्रो सबैभन्दा उत्कृष्ट इलेक्ट्रिक ब्रान्ड हो। नेपालमा चिन्टले लोकप्रियता कमाइरहेको कम्पनीको दाबी छ। 
सेमिनार चितवनको नारायणगढमा वैशाख १० गते आयोजना गरिएको थियो। सेमिनार हेटौंडा र वीरगन्जमा क्रमशः वैशाख ११ गते र १३ गते आयोजना गरिएको कम्पनीको भनाइ छ। चिन्ट इलेक्ट्रिक्स इन्डियाका आलोक पाण्डेले सेमिनारमा ट्रेनिङ सेसन दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सेमिनारमा सहभागीलाई चिन्ट इलेक्टिक उत्पादनहरु जस्तै रिले, कन्ट्र्याक्टर, आरसिसिबी, एमसिबी र एमसिसिबीबारे जानकारी गराइएको थियो। चिन्टका उत्पादनहरु लो–भोल्टेज इलेक्ट्रिकल उत्पादनदेखि वितरक उपकरणसम्म रहेका छन्। चिन्ट सदैव ग्राहकका लागि गुणस्तरीय सेवा प्रदान गर्न लागि परेको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App