८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्लज्जताको पराकाष्टा !

नेकपाभित्रको आजको कोलाहल ओली र प्रचण्डको व्यक्तिगत हो कि पार्टीगत ? पहिला त्यो टुङ्गो भयो भने मुद्दा किनारा लाग्न सरल हुनेछ।

नेकपामा फेरि जबज चर्चा

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि वरिष्ठ नेता नेपालले जबजको कुरा उठाएका छन्।

नेकपा स्थायी समिति बैठक फेरि सर्‍यो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक पुनः सरेको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधवार ११ बजे सम्मका लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।

नेकपाको महाभारत

महाभारतमा पाँच पाण्डवमध्ये एक धनुर्धारी अर्जुन निसाना लगाइ द्रौपदीलाई पाउन सफल हुन्छन्। पानीको छायाँमा घुमिरहेको माछाको आकृति हेरेर निसाना लगाउनुपर्ने पाञ्चाल नरेश द्रुपदको सर्त उनले पूरा गरेपछि पाञ्चाली पाणिग्रहण सम्भव भएको हुन्छ। द्रौपदीलाई लिएर घरमा आएका उनीहरूले बाहिरबाटै ‘माता ! हामीले भिक्षा लिएर आएका छौं’ भन्छन्। माताको आज्ञा हुन्छ, ‘जे ल्याए पनि आपसमा बाँडेर लिनू।’

नेकपा विवाद टार्न महाधिवेशन प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा उत्पन्न विवाद टार्न आगामी मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। पार्टी र सरकारमा नेतृत्वका लागि शीर्ष नेताहरूबीच आन्तरिक विवाद चर्कंदै गएपछि शनिबार बसेको सचिवालय बैठकमा ओलीले यस्तो प्रस्ताव राखेका हुन्। ‘एकता महाधिवेशन मंसिरमै गरौं,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘महाधिवेशनबाटै समस्या समाधान गरौं।’

सचिवालय बैठक सकेर ओली र दाहाल शीतल निवासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिए लगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

नेकपा सचिवालय बैठक : सहमतिका विषयमा छलफल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरी स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको हो ।

लामो पत्र लेख्दै प्रदीप ज्ञवालीले भने : कमरेडहरू ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो पत्र लेख्दै परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले कुनै अप्रिय निर्णय नगर्न नेताहरूलाईअनुरोध गरेका हुन् ।

बिप्लव नेकपाका रोल्पा ईन्चार्ज पक्राउ

बिप्लव नेतृत्वको नेकपा रोल्पाका जिल्ला ईन्चार्जलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रोल्पा प्रहरीको बिशेष ब्युरो टोलीले जिल्ला ईन्चार्ज कमल थापा बिजुलीलाई उनकै गाउँ गजुलबाट पक्राउ गरेको हो । रोल्पा प्रहरी प्रमुख डिएसपि चित्रबहादुर गुरुङले जिल्ला थापालाई उनकै गाउँ गजुलबाट पक्राउ गरिएको पुष्टी गरेका छन् । उनले भने ‘धम्की दिने, चन्दा आतंक मच्चाएको भन्दै उनलाई पक्राउ गरेका हौ ।’

नेकपा स्थायी कमिटि बैठक पुनः स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटि बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान बस्ने भनिएको बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएकोमा पुनः साउन ४ गतेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्थायी कमिटी बैठक ४ घण्टालाई स्थगित गरेर ओली-दाहाल छलफलमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज ११ बजेलाई बोलाइएको थियो। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुन नसक्दा बैठक ४ घण्टाका लागि स्थगित गरिएको छ। असार १० गतेदेखि जारी नेकपा बैठक पकट पटक स्थगित हुँदै आएको छ।

नेकपामा सिदा कि बिदा ?

सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ।

विशेष अधिवेशन बोलाउन किन पछि हटे विपक्षी दल ?

पार्टीभित्रको आन्तरिक विवाद झाँगिँदै गएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन हठात् अन्त्य गरिदिए। उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग मात्र होइन, आफ्नै दल र सभामुखसँग समेत छलफल नगरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए।

गाँठो पर्दै नेकपा विवाद

बालुवाटार बैठक बिनानिष्कर्ष टुंगिएपछि दुवै पक्ष आआफ्नो रणनीति बनाउन लागेका थिए। ओलीले आफू निकटका नेतालाई बालुवाटारमै बोलाएर छलफल गरे भने असन्तुष्ट समूहले खुमलटारमा बैठक ग-यो।

ओली, दाहाल र नेपालका पुरानै अडान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले पुरानै अडान दोहोर्या(एका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका क्रममा उनीहरुले राजीनामाको पुरानै अडान राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्