८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओली, दाहाल र नेपालका पुरानै अडान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले पुरानै अडान दोहोर्या(एका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका क्रममा उनीहरुले राजीनामाको पुरानै अडान राखेका हुन्।

नेताहरुबीच सहमति हुन नसक्दा नेकपाको जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ। एक हप्ता स्थगित बैठक भोली (शुक्रबार) बस्दैछ। बैठक अघि शीर्ष नेताहरु सहमति जुटाउने प्रयासमा रहे पनि त्यसले सार्थकता पाउन सकेको छैन।

आजको छलफलमा पनि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दाहाल-नेपालले दवाद दिएका थिए। तर ओलीले राजीनामा बाहेकको विषयमा छलफल गर्ने पुरानो अडान राखेका थिए।  

स्थायी कमिटी बैठकमा पनि ३० जनाले ओलीले पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्। स्थायी कमिटी बैठक अगाडि सहमति निकाल्ने भन्दै शीर्ष नेताहरु पटक पटक छलफलमा जुटे पनि आ-आफ्ना अडानमा यथावत छन्।  

 

 

प्रकाशित: १ श्रावण २०७७ ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App