२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थायी कमिटी बैठक ४ घण्टालाई स्थगित गरेर ओली-दाहाल छलफलमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज ११ बजेलाई बोलाइएको थियो। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुन नसक्दा बैठक ४ घण्टाका लागि स्थगित गरिएको छ। असार १० गतेदेखि जारी नेकपा बैठक पकट पटक स्थगित हुँदै आएको छ। बैठक स्थगित गर्दै दुई अध्यक्षबीच छलफल चलिरहेको भए पनि सहमतिको विन्दु फेला परेको छैन।  

बिहिबार पनि दुई अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो। तर ओली र दाहाल-नेपाल पुरानै अडानमा अडिग भएपछि छलफलले कुनै निष्कर्ष निकालेन। आज स्थायी कमिटी अगाडि पनि दुई अध्यक्षबीच छलफल जारी छ। छलफल पछि बैठक बस्ने तयारी छ।  

दाहाल-नेपालले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएका छन् भने ओलीले राजीनामा बाहेक सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन्।

 

प्रकाशित: २ श्रावण २०७७ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App