८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालुवाटारमा ओली, दाहाल र नेपालको छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र रहेको विवादलाई समाधान गर्न तीन नेता छलफलमा जुटेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दहाल र बरिष्ठ नेता माधव नेपाल छलफलमा जुटेका हुन्।

नेकपाभित्र अनेकता

पार्टीमा रहेको प्रचण्ड–माधव समूहको बहुमतको फायर खोलेर केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट अपदस्थ गर्न जरुरी छ।

नेकपा आन्तरिक विवाद: ओलीसमक्ष दाहालको नौबुँदे प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृत्तिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्। दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टीअध्यक्ष ओलीसँग दाहालले पार्टीभित्र देखिएका प्रवृत्तिगत सुधारसहित नयाँ सहमति गर्ने र सहमत नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने प्रस्ताव राखेका हुन्। छलफलमा उनले नेता माधवकुमार नेपाललाई पनि सहमत गराएर मात्र अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन्।

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल भोलि पुनः बस्नेगरी सकिएको छ ।

नेकपा विवाद मिलाउन महासचिवको दौडधुप

महासचिव पौडेल प्रधानमन्त्री ओली र अन्य नेताबीच कसरी एक्लाएक्लै संवाद गराउन सकिन्छ भनेर लागिपरेका छन्।

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन् : ...अन्यथा सार्वभौमिकता नै खतरामा पर्ने ठूलो जोखिम छ

‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनैपर्छ । परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं।’

विवाद सार्दै नेकपा

स्थायी कमिटी बैठक स्थगित गरेर दुवै पक्ष एकअर्कालाई गलाउन र स्थिति आफ्नो पक्षमा बनाउन लागिपरेका छन्। प्रधानमन्त्रीबाट ओलीलाई हटाइछाड्ने रणनीतिमा रहेको दाहाल पक्ष र दुवै पद कुनै हालतमा पनि नछाड्ने अडानमा रहेका ओली पक्ष दुवैका लागि परिस्थिति सहज छैन।

ओली रणनीति शक्ति सञ्चय

ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानसहित बाँकी विकल्पमा दाहाल–नेपाल समूहका नेताहरुसँग छलफल गरिरहेका छन्।

सीको सन्देशले ओलीविरोधी शिविर शिथिल

चिनियाँ राजदूत हउ यान्छीसँगको भेटपछि दाहाल, नेपाल, खनाललगायत नेताहरू ओलीविरुद्धको अभियान बिस्तारै कमजोर बनाउने मनस्थितिमा पुगेका छन्।

नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक ७ दिनका लागि स्थगित भएको छ। देशभर बाढीपहिरोले ठूलो क्षति गरेकोले सम्भावित जोखिम न्यूनिकरण गर्न र राहत तथा यद्धारमा जुट्न पार्टि कार्यकर्तालाई निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपामा पाँच लाइन, ओलीको चट्टानी अडान

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउने नाममा नेताहरूले आ–आफ्नै लाइन प्रस्तुत गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र दोस्रो पुस्ताका नेता घनश्याम भुसालसम्मले शीर्ष नेताहरूबीच उत्पन्न विवाद मिलाउन आ–आफ्नै लाइन प्रस्तुत गरेका हुन्।

'आई एम विथ' केपी ओली भन्दै प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ। उपत्यकाका विभिन्न स्थानमा उनको समर्थनमा प्रदर्शन भएको हो। बुधबार कोटेश्वर, चाबहिल, गंगबु लगायतका क्षेत्रमा 'आइएम विथ केपी ओली' भन्दै नारा लगाएका थिए। भारतको इसारामा ओलीको राजीनामा मागिएको भन्दै उनीहरुले विरोध गरेका थिए।

योगेश भट्टराईका चार प्रश्न : विग्रह ल्याउनु ठिक वा एकतामा सद्भाव राख्नु ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सांकेतिकरुपमा भारत र चीनलाई जोडेर प्रश्न गरेका छन्।

नेकपा विवादबारे विजय पौडेल : बैठक बाहिर निकालिने सोलुसनले फेरी समस्या निम्त्याउँछ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ। लामो समयदेखि बैठक बस्ने र स्थगित हुने चलिरहेको छ। आज बस्ने भनिएको बैठक पनि अन्तिम समयमा स्थगित भयो। पार्टी नेताहरुबीच देखिएको विवादको समाधान निस्न नसक्दा पार्टी पंतिमा अन्योलता देखिएको छ।

नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

आज बस्ने भनिएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक असार २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्