८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन् : ...अन्यथा सार्वभौमिकता नै खतरामा पर्ने ठूलो जोखिम छ

फाइल तस्बिर : नारायणकाजी श्रेष्ठ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी  श्रेष्ठले हामी हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति सचेत हुनैपर्ने बताएका छन् ।  

त्यसका लागि परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठता आवश्यक रहेको उनको भनाइ छ । 

‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनैपर्छ । परराष्ट्र नीतिमा आधारित कूटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भूराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं,’ मंगलबार ट्विट गर्दै नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘अन्यथा देश बाह्य शक्तिको क्रीडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती छ।’

प्रकाशित: ३० असार २०७७ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App