२४ वैशाख २०८१ सोमबार
image/svg+xml

बाबुरामको नियति नै विभाजन !

डा. बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ।

नेपालीको नियति: १० पास, जागिरको आस

लोकसेवा आयोगले लिने परीक्षामा खरिदार पदमा सबैभन्दा बढी दरखास्त परेको पाइएको छ। खरिदारमा पनि प्राविधिक र अप्राविधिक (अप्रा.) दुईखाले पद हुन्छन्।

बिपी, शाहजहाँ र नियति

बिपीको कृति आफ्नो कथा मा उल्लेख केही जीवन्त पात्र स्मृतिमा जरा गाडेर बसेका छन्। तिनै मध्येका हुन्–भारतका मुगलकालीन सम्राट शाहजहाँ।

कांग्रेस पाँच वर्षअघिकै नियतिमा

मंसिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ।

नेताको नियति

एउटा लोकप्रिय गीत छ– ‘के सोचेँ मैले के भयो अहिले ?’ यो गीत ठ्याक्कै हामी नेपालीको नियतिसँग मिल्छ। हामीले लोकतन्त्रका निम्ति जे सोच्यौँ, त्यो पाएनौँ। लोकतन्त्रभित्र जुन आदर्श खोजियो त्यो फेला परेन।

संघकै नियति प्रदेशतिर

देशमा संघीय संरचना अपनाएपछि सबैभन्दा गर्वका साथ अघि सारिएको पक्ष हो– अब गाउँगाउँमा सिंहदरबार। स्थानीय आकांक्षा परिपूर्ति गर्न र विकासका निम्ति केन्द्रको मुख ताक्नु नपरोस् भनेर संघीयताको अभ्यास गरिएको हो।

ओली अडान नेपालको नियति

संसद्को ठूलो दलको हैसियतमा सरकार बनाउन र त्यसले विश्वासको मत हासिल गर्ने बेलासम्म ओलीका निम्ति नेपाल समूह आवश्यक पर्छ। त्यसपछि यिनको स्थिति फेरि सामान्य अवस्थामा जान सक्छ भन्ने विश्वास कसैलाई छैन।

एक सिसिफस नियति

कम्युनिस्ट पार्टीका तर्फबाट शासन गर्नेहरूमा लोकतान्त्रिक चरित्रको अभाव हुन्छ भन्ने प्रष्ट देखिएको छ । कम्युनिस्ट पार्टीले शासन गर्दा देशमा परिवर्तन आउँछ भन्ने भ्रम पनि अबलाई टुटेको छ ।

नेताको नियत, जनताको नियति

पुस महिनामा काठमाडौँ यत्तिकै चिसो, त्यसमाथि घाम नलागेपछि केको र ! कालो बादलले आकाश ढपक्कै ढाकेथ्यो । बाहिर बरण्डाको डिलमा एक जोडी काग चिसोमा कठ्यांग्रिएर पखेँटा खोल्न खोज्दाखोज्दै नसकी, पखेँटाभित्रै कक्रिएर वस्न बाध्य देखिन्थे ।

संसद्को पाँचौँ विघटन र नियति

सत्तरी वर्षमा ६ वटा संविधान, उनन्तीस वर्षमा २४ जना प्रधानमन्त्री, छब्बीस वर्षमा पाँचपटक संसद् बिघटन– नेपालको प्रजातन्त्रको इतिहास सुखद छैन । वर्तमानलाई निराश र भविष्यका पुस्तालाई खिन्न पार्ने यस्तै अरू टिपोट पनि इतिहासका पन्नामा लेखिएका छन् ।

नेकपाको नियति

पार्टीका विभिन्न कमिटीहरूमा छलफल गरी त्यसैको आधारमा अघि बढेका भए नेकपामा अहिलेको दुर्दिन आउँदैनथ्यो होला । जब कुनै पनि पार्टी विधि र पद्धतिभन्दा व्यक्ति हावी भएर अघि बढ्छ, त्यसमा विभाजन र विग्रह अवश्यभावी हुन्छ । अहिले नेकपामा भएको पनि त्यही हो ।

कागजमा विपद् व्यवस्थापन

बारा र पर्सामा दोस्रो साता आएको भयंकर हावाहुरीले ठूलो जनधनको क्षति भएको छ, जुन हाम्रो पछिल्लो नियति हो। असिना–पानी र हुण्डरीले करिब ३ मिनेट गरेको ताण्डव नृत्यले बारा र पर्सामा २८ नागरिकको मृत्यु भएको छ, ठूलो संख्यामा घाइतेको उपचारपछि सामान्य हुँदैछन्।

निर्वाचन खर्चको नियति

आयोगले मुलुकभर भोटिङ मेसिन प्रयोग गर्न नसक्दा करोडौँं रकम बराबरको मतपत्र छपाइमा खर्च हुने गरेको छ भने यसको व्यवस्थापन र मतगणनामा हुने ढिलाइका कारण पनि खर्च बढेको छ । यो वर्ष भएका सबै निर्वाचनको खर्चको औचित्यमाथि गम्भीर अध्ययन हुनु र फजुल खर्च भएको हो भने भविष्यमा दोहोरिन नदिने गरी व्यवस्थापन गर्नु आवश्यक भएको छ ।

बौद्धिक बेइमान र देशको नियति

कनकमणिलाई खराब पात्रका रूपमा चित्रित गर्दै जसरी उनको संलग्नता नै नभएको सामाजिक आन्दोलनलाई बदनाम गर्ने चेष्टा डा. सुभाष जस्ताले गरेका छन्, त्यसबारे छलफल जरुरी छ । उनको यो नियोजित लेख हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्