६ वैशाख २०८१ बिहीबार
जगन्नाथ लामिछाने


जगन्नाथ लामिछानेका लेखहरु :

वाइडबडी प्रकरणभित्रको रहस्य

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीको संयोजकत्वमा संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी छानबिन प्रतिवेदनमा ‘गलत तरिकाले विमान खरिदमा भ्रष्टाचार गर्दै जम्माजम्मी ४ अर्ब ३५ करोड अनियमितता भएको’ निष्कर्ष निकालेको छ।

वाईडबडीको अन्तरकथा

६० वर्षको अन्तरालमा नेपाल वायुसेवा निगम (नेवानी) ले पहिलो पटक दुईवटा वाईडबडी एयरबस सञ्चालन गर्दा देशभर खुसियाली छाउनु पर्नेमा वायुसेवा निगम तथा यसको सञ्चालक सर्वत्र आलोचनाको पात्र बनेका छन्।

‘बिलियन डलर’को सेवा पर्खंदै नेपाली समाज !

नेपाल युवाको देश हो । झन्डै आधाभन्दा बढी युवा जनसंख्या रहेको देशमा युवाहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा स्वस्थ जीवनयापन गर्न पाउनु सबै नागरिकको संविधान प्रदत्त मौलिक हक पनि हो।

चिकित्सकलाई नजिस्काऊ!

देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रेका छन्। उनीहरूको चासो जायज छ। चिकित्सकहरूको मनोबल र आत्मविश्वास कमजोर बनाउने गरी कुनै पनि कानुन निर्माण गर्नु देशका लागि आत्मघाती कदम हुनेछ। यति सामान्य तर संवेदनशील विषयमा आडम्बर देखाएर बस्ने सरकार सञ्चालकहरूमा जिम्मेवारीपन फितलो देखियो।

अब अलिकति माया र विश्वास बाँकी छ

भनिरहनुपर्दैन, यो सरकार सर्वशक्तिमान छ । पाँच वर्षका लागि राजनीतिक स्थिरता र समृद्धिको नारा बोकेर लोकतान्त्रिक तवरले चुनावबाट विजयी भएको यो वैधानिक सरकार हो । त्यसैले पनि यो सरकारसँग हाम्रो पुस्ताको धेरै ठूलो आशा र सपना जोडिएका छन्।

गरौँला विवेकशील निर्णय ?

राजनीतिक ध्रुवीकरणसँगै विवेकशील साझा पार्टीमा वैकल्पिक राजनीतिक शक्ति र संस्कार निर्माण गर्ने एक्लो अभिभारा आइपरेको छ । उसलाई साथ दिन वा नदिन हामी स्वतन्त्र छौँ तर हाम्रो नाकै अगाडि आइपुगेको चुनावमा विवेकशील निर्णय नगरी भएकै छैन, हामीले । उसलाई साथ नदिए भविष्यले धेरै लामो समयसम्म हामीमाथि अन्याय गरिरहनेछ ।

डा. केसीलाई मौन शिक्षितको चिन्ता छ

बेथिति र भ्रष्टाचार बढिरहँदा पनि यस्ता घटनालाई पढेलेखेका मान्छेहरूले सामान्यजस्तै लिएको देख्दा डा. केसीलाई बढी चिन्ता लाग्दो रहेछ । आफ्नो विवेकले चल्नसक्ने नागरिकहरूको खडेरी रहेछ, उहाँको ठूलो चिन्ता । राजनीतिक दल र नेताहरूमाथि खबरदारी गर्न सक्ने स्वतन्त्र र निर्भीक नागरिक नहुँदा बेथिति र भ्रष्टाचार मौलाएको डा. केसीको बुझाइ छ ।

वाम एकता : हाँस्ने कि रुने ?

देशलाई राजनीतिक स्थिरता दिन अत्यावश्यक देखिए पनि यो मिलन नेताहरूले विगतमा गरेका भ्रस्टाचार, अनियमितता र अपराध कर्मबाट बच्न सकिने आशका साथ चालिएको अर्को लोकतान्त्रिक कदम हो ।

बौद्धिक बेइमान र देशको नियति

कनकमणिलाई खराब पात्रका रूपमा चित्रित गर्दै जसरी उनको संलग्नता नै नभएको सामाजिक आन्दोलनलाई बदनाम गर्ने चेष्टा डा. सुभाष जस्ताले गरेका छन्, त्यसबारे छलफल जरुरी छ । उनको यो नियोजित लेख हो ।

गणतान्त्रिक मण्डले दल १, २, ३...!

अहिलेका सबै दलहरूलाई रोल नम्बर दिए हुन्छ । उदाहरणका लागि, गणतान्त्रिक मण्डले दल १, २, ३ इत्यादि । सत्ता, प्रतिपक्ष र संसद्मा गणतान्त्रिक मण्डले दल मात्र छन् ।

माफिया को हुन् ?

नेपालमा हिजोआज धेरै प्रयोगमा आएको शब्द हो, माफिया । सबैको मुखबाट एउटै कुरा सुनिन्छ- माफियाले देश बिगारे ।  देश माफियाले चलाए । सत्याग्रही डा. गोविन्द केसी पटकपटक भन्नुहुन्छ- यो देश माफियाले चलाएको छ । आक्रोश पोख्दै मान्छेहरू भन्छन्— कांग्रेस, एमाले, माओवादी सबै माफिया भए ।

अर्को जनयुद्ध थालौँ!

'कानुनी राज्यको स्थापना र भ्रष्टाचारीलाई ‰यालखाना'को एक सूत्रीय लक्ष्य बोकेर अर्को शान्तिपूर्ण जनयुद्ध घोषणा गरौँ। राजनीतिक, नीतिगत तथा विकास निर्माणका काममा भएका भ्रष्टाचारका पात्रलाई अबको जनयुद्धले प्रमुख शत्रु घोषणा गरोस्।

यत्र तत्र सर्वत्र भ्रष्टाचार

नेपाली नेतालाई चोर–चोर भनेर गाली गरिरहँदा के बिर्सन हुँदैन भने, संसारमा सबैभन्दा बाठो चोर नै हुन्छ। नेपाली नेताहरू पनि साह्रै बाठा छन्। त्यसैले त यति ठूलो राजनीतिक असन्तुष्टिबीच कुनै उल्लेखनीय काम नगरेर पनि चार–पाँच पटक प्रधानमन्त्री बनिरहन्छन्।

रोकिँदैन विदेश भ्रमण, रोकिँदैन भ्रष्टाचार !

नेपालमा सरकारी जागिरेहरू र भ्रष्टाचारबीच जुका र रगतको जस्तो सम्बन्ध छ । जसरी रगतबिना जुका बाँच्न सक्दैन, त्यसैगरी सरकारी जागिर खानेहरूको कुनै न कुनै किसिमको भ्रष्टाचारमा पहँुच भएन भने आफ्नो सामान्य जीविका पनि धान्न धौ–धौ हुन्छ ।

चुडामणि जस्तै बनेस्!

पटकपटक देशको अर्थमन्त्री बनेका रामशरण महत चुडामणिलाई भ्रष्टाचारमा कारबाही अगाडि बढाउन मिल्दैन भन्दै हिँड्छन्। यसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच कुन तहको भ्रष्ट साँठगाँठ हुन सक्छ भन्ने देखाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्