२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

चिनियाँ दुतावासलाई पर्यटन व्यवसायीको पत्रः पर्यटकका लागि नेपाल खुलाइदिनुस्

कोरोना भाइरस संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने अझै पनि भित्रिन पाएका छैनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको छैन। जसले गर्दा पर्यटन व्यवसायी चिन्तित छन।

व्यवसायी भन्छन्ः घाँटीमाथि तरवार राखेर व्यवसाय गरेका छौं

पर्यटन व्यवसायीहरुले घाँटीमाथि तरवार राखेर व्यवसाय गरिरहनुपरेको गुनासो गरेका छन्।

दुर्घटनाको असर

विमान यात्रा सवारीहरूमा सबैभन्दा सुरक्षित रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् तर पनि दुर्घटनाले विमानलाई पनि पछ्याउनचाहिँ छाडेको छैन।

लुम्बिनीमा पर्यटक आगमन बढ्दै

पर्यटन आगमनको बृद्धि संगै कोराना महामारीले थलिएको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विस्तारै गती लिन थालेको छ।

पर्यटन व्यवसायी भन्छनः विदेशी छैनन्, अहिलेको भीड ‘सिजनल’ हो

कोरोना संक्रमणपछि पर्यटन पूर्ववत अवस्थामा फर्किन सकेको छैन। विदेशीको आगमन पिक सिजनमा पनि उकालो लाग्न सकेको छैन। आन्तरिक पाहुनाको आगमनले पर्यटन क्षेत्र केही चलायमान जस्तो मात्र देखिएको व्यवसायीले बताएका छन्। आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्रमा देखिएको चलायमानलाई व्यवसायीले ‘मौसमी भीडभाड’ भन्ने गरेका छन्।

पोखराका पर्यटन व्यवसायी भन्छन्: व्याजदर नघटे तिहारपछि राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्छाैं

बैंक तथा वित्तीय संस्थाले अचाक्ली रुपमा कर्जाको ब्याजदर बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्याजदर बढ्दा व्यवसायीलाई कर्जा तिर्न सकस भएको भन्दै उनीहरुले अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्नेसम्मको चेतावनी दिएका छन्। एकल अंकमा लिएको कर्जाको ब्याजदर बढाएर अहिले दोब्बर पु¥याएको व्यवसायीको गुनासो छ।

असोज मसान्तमा किस्ता नतिर्ने पोखराका पर्यटन व्यवसायीको घोषणा

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि पर्यटन क्षेत्र धराशायी बनेको भन्दै पर्यटन व्यवसायीले व्यवसायको नोक्सान बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र त्यसको ब्याज तिर्न सक्ने अवस्था नरहेको बताएका छन्। सरकारले पर्यटन व्यवसायको पूर्नउत्थानका लागि कुनै कदम नचालेको भन्दै व्यवसायीले असोज मसान्तमा तिर्नुपर्ने साँवा, ब्याज तथा कुनै पनि दायित्व तिर्न नसक्ने बताएका छन्।

पर्यटन व्यवसायीको गुनासोः बढेको ब्याजदर धान्न सक्दैनौ, हात उठाउन मात्र बाँकी छ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयले पर्यटन क्षेत्र समस्यामा परेको भन्दै पर्यटन व्यवसायीले उक्त निर्णय लागु नगर्न अनुरोध गरेका छन्। पर्यटन क्षेत्र कोरोना संक्रमण अघिको अवस्थामा फर्किन नसकेको भन्दै व्यवसायीले कर्जाको सावा र ब्याज समेत तिर्न सक्ने अवस्था समेत नरहेको बताएका छन्।

यातायात व्यवसायीको पनि बदमासी

पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए।

१० महिनामा १ लाख ५९ हजार बढीले घुमे

चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा १ लाख ५९ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।

भक्तपुरमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा

भक्तपुरमा शुक्रबार साँंझ सन्ध्याकालीन सांस्कृतिक पदयात्रा भएको छ। भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थितबारे पुखुबाट पदयात्रा सुरु भएको थियो।

भेडेटार आउने भारतीय पर्यटक बढ्दा व्यवसायी उत्साहित

पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वराल अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको प्रतिक्रिया दिँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताउँछन्।

पर्यटनमा सम्बन्ध बढाउँदै व्यवसायी

कोरोना भाइरस संक्रमण कमजोर भएपछि पर्यटनमा सुधार आउने अपेक्षा सहित पर्यटन व्यवसायीले बजारीकरण थालेका छन्। त्यसको सुरुवात पोखरा र बंगलादेशका पर्यटन व्यवसायीबीचको व्यवसायिक छलफल (बीटुबी) बाट सुरु भएको छ।

रामाज्ञाको आत्महत्या नभएर रिंगटा लागेर खसेर मृत्यु भएको परिवारको दाबी

नेपाल वायू सेवा निगमका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी रामाज्ञा चतुर्वेदीको आत्महत्या नभई रिंगटा लागेर भवनबाट खसेर मृत्यु भएको परिवारले जनाएको छ।

लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय

दुई वर्षयता कोरोना महामारीका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भरिभराउ हुँदा सरोकारवाला उत्साहित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्