१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रामाज्ञाको आत्महत्या नभएर रिंगटा लागेर खसेर मृत्यु भएको परिवारको दाबी

नेपाल वायू सेवा निगमका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी रामाज्ञा चतुर्वेदीको आत्महत्या नभई रिंगटा लागेर भवनबाट खसेर मृत्यु भएको परिवारले जनाएको छ। यस अघि विभिन्न सञ्चारमाध्यममा चतुर्वेदीको आत्महत्या गरेर मृत्यु भएको भन्दै भ्रामक तथा तथ्यहीन खालको समाचार प्रकाशन भएको थियो। 

पूर्व प्रशासक तथा पर्यटन व्यवसायी रामाज्ञा चुतर्वेदीको निधनप्रति विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति परिवारले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। ७४ वर्षीय चुतर्वेदीको गत असोज २१ गते घटस्थापनको दिन काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चाबहिल गणेशस्थान मन्दिर नजिकै मुल सडकमा रहेको निर्माणाधीन होटलको साततले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भई लडेर घटनास्थलमैं निधन भएको थियो। 

मृतक चुतर्वेदीका परिवारले शुक्रबार पत्रकार सम्मेलन गरेर मृतक चुर्तेवेदीको निधनको विषयलाई विभिन्न सञ्चारमाध्यमले अर्नगल प्रचारप्रसार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्। मृतक चतुर्वेदीकी श्रीमति आशा चतर्वेदीले आफ्नो श्रीमानको निधन बारे विभिन्न सञ्चारमाध्यमले परिवारका सदस्यलाई कुनै पनि सोधपुछ नगरी, स्थलगत अध्ययन नगरी एकतर्फी रुपमा आत्महत्या समेत हुन सक्ने भन्ने खालको तथ्यहीन समाचार सम्प्रेषण गर्दा परिवार झनै विछिप्त हुन पुगेको बताइन्।

‘एकातर्फ परिवारकै मुख्य सदस्य गुमाउनुपर्दा हामी विछिप्त र मर्माहक भएका थियौं। अर्काेतर्फ सञ्चारमाध्यमले आवश्यक प्रमाणबिनैै आत्महत्या भएको भन्ने खालको समाचार आउँदा झनै स्तब्ध भयौं,’ उनले भनिन्,‘मेरा श्रीमान्  विभिन्न सरकारी संस्थाहरुको प्रमुख भई काम गरेको व्यक्तित्व हुनुहुन्थ्यो। जस्तोसुकै विषम परिस्थितिमा पनि उच्च मनोबल र आत्मविश्वाससहित कार्यसम्पादन गर्दै आउनुभएको व्यक्तित्व हो।त्यसैले उहाँले कुनै पनि हालतमा आत्महत्या गरेको नभई शारिरिक कमजोरीकै कारणले निर्माणधीन भवनबाट खसेर दुखद निधन हुन पुगेको हो।’

त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन डिर्पाटमेन्टको पोष्टमार्टम रिपोर्टमा चुतर्वेदीको मृत्यको मुख्य कारण ‘बलल्ट फोर्स इन्जुरी टु हेड, चेष्ट, एडोमिन एण्ड पल्भिस’ उल्लेख गरेको छ। श्रीमति चुतर्वेदीले प्रहरीको प्रारम्भिक अनुसन्धान, सिसि क्यामेरा, विधि विज्ञान परीक्षण प्रतिवेदन लगायतको प्रमाणहेर्दा मेरा श्रीमानले आत्महत्या नगरेको नभई रिंगटा लागेर अचेत भएर सो भवनबाट खसेर निधन भएको दावी गरिन्।‘सधैंजसो विहान मर्निङवाक जाँदा घरनजिकै मुलबाटोमा पर्ने निर्माणाधीन होटल भवनको लागि  जानुभएको देखिन्छ,’ उनले भनिन्,‘अचानक रिंगटा लागेर अचेत भएर लडेर मृत्यु भएको देखिन्छ।’

परिवारका अनुसार सो निर्माणाधीन भवनको सिसि क्यामेरा हेर्दा मृतक चतुर्वेदी सो निर्माणाधीन् भवनमा करिव ५० अवलोकन गरेको देखिन्छ। चतुर्वेदी निधन अघि होटल तपस, होटल रामानम प्रालीका अध्यक्ष समेत रहेका थिए। मृतक चतर्वेदीका ज्वाई सम्राट बुढाथोकीले पनि आफ्नो ससुराबुबाको आत्महत्या नभएर शारिरिक कमजोरीकै कारणले निधन भएको बताए। सो दुर्घटना हुनुअघि अघिल्लो दिन अर्र्थात असोज २० गते चुतर्वेदी अस्वस्थ भएर चाबहिलकै ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलमा उपचार गर्न पुगेका थिए। 

सो हस्पिटलमा उनको ल्याव परीक्षणको क्रममा सोडियमको कमी, अत्याधिक मधुमेह र उच्च रक्तचाप देखिएको परिवारले पत्रकार सम्मेलनमा सो रिपोर्ट प्रस्तुत गरेका थिए। सो दुर्घटना हुनुभन्दा तीन साता अघि स्वर्गीय चतर्वेदीको तिलगंगा आँखा अस्पतालमा मोतियाविन्दुको समेत उपचार गरिएको पारिवारिक स्रोतले जनायो। मृतक चतुर्वेदीका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्।

प्रकाशित: २६ कार्तिक २०७८ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App