६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराका पर्यटन व्यवसायी भन्छन्: व्याजदर नघटे तिहारपछि राष्ट्र बैंक र अर्थमन्त्रालय घेर्छाैं

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्ध आन्दोलन घोषणा गर्र्दै पोखराका पर्यटन व्यवसायी। तस्बिरः सन्तोष पोखरेल÷नाागरिक

बैंक तथा वित्तीय संस्थाले अचाक्ली रुपमा कर्जाको ब्याजदर बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। व्याजदर बढ्दा व्यवसायीलाई कर्जा तिर्न सकस भएको भन्दै उनीहरुले अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्नेसम्मको चेतावनी दिएका छन्। एकल अंकमा लिएको कर्जाको ब्याजदर बढाएर अहिले दोब्बर पु¥याएको व्यवसायीको गुनासो छ।  

पोखराका होटल व्यवसायीले तिहार सकिने बेलासम्म पनि ब्याजदर नघटेमा आन्दोलन थाल्ने पत्रकार भेटघाट गरेरै बताए। होटल संघले शुक्रबार पत्रकार भेटघाट आयोजना गरेर तिहारलगत्तै आन्दोलन थाल्ने व्यवसायीले बताए। होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पाहुनालाई सेवा दिएरै व्यवसायी आन्दोलनमा उत्रने चेतावनी दिए। ‘पाहुनालाई सेवा पनि दिन्छौ, आन्दोलन पनि गर्छाै। तिहारसम्म पर्खने र त्यो बेलासम्म पनि ब्याजदर नघटेमा आन्दोलन थाल्छौं,’ पत्रकार भेटघाटमा सुवेदीले भने, ‘राष्ट्रबैंक र अर्थमन्त्रालय नघेरेसम्म नहुने अवस्था आएको छ।’

सातप्रतिशत ब्याजदरमा लिएको किस्ता अहिले बढाउँदै १८ प्रतिशत पु¥याउँदा व्यवसायी मर्माहत भएको पत्रकार भेटघाटमा उनले बताए। निक्षेपमा अहिले १५ प्रतिशत र कर्जामा १८ प्रतिशतसम्म ब्याजदर बैंक तथा वित्तीय संस्थाले दिएको उनले बताए। ‘हामी द्वन्द्वकालदेखि नै मारमा परेका हौ। लामो समय द्वन्द्वको मारमा फस्यौ, जसोतसो उठ्न थालेका थियौ फेरि भूकम्पले बिथोल्यो। भूकम्पबाट उठ्न नपाउँदै कोरोना भाइरस संक्रमणको मारमा प¥यौ। अहिले फेरि बैंक तथा वित्तीय संस्थाको दवावमा छौं,’ उनले भने।  

‘पर्यटनको अहिले पिक सिजन हो। तर, पर्यटक छैनन  अहिले पोखराका होटलको अकुपेन्सी अनुपात २५ प्रतिशत हाराहारीमा होला,’ उनले भने, ‘केही चल्तीका होटलमा पाहुना छन्। धेरैजसो मध्यमस्तरका होटल रित्तै छन्। यो अवस्थामा व्यवसाय धान्न सक्ने अवस्था छैन। बढेको ब्याजले गर्दा किस्ता समेत तिर्न सक्दैनौ।’ राष्ट्रबैंकले वित्तीय संस्थालाई जथाभावि ब्याजदर बढाउन छुट दिँदा यो अवस्था आएको उनले बताए। लिलामीमा नाम निकाल्ने भनेर वित्तीय संस्थाले दिनहुँ धम्कि दिएको उनको गुनासो छ।

‘यो पटक पनि हामीले कर्जा तिर्न सकेनौ । बैंक तथा वित्तीय संस्थाले कर्जा नतिरे तीनपुस्ते नाम सार्वजनिक गर्ने धम्कि दिएका छन,’ सुवेदीले भने, ‘वित्तीय संस्थाले धम्क्याएपछि हामी पनि आन्दोलनमा उत्रन बाध्य भएका हौं।’ अध्यक्ष सुवेदीका अनुसार यो बेला सिजनको हिसाबले होटलको अकुपेन्सी करिब  ९० प्रतिशत हुनुपर्नेमा जसोतसो २५ प्रतिशत हाराहारीमा छ। चिनियाँ पर्यटक आउनै नपाउँदा पनि व्यवसायीलाई मार परेको उनले सुनाए। रुस–युक्रेन युद्धका कारण तेश्रो मुलुकका पर्यटक आउन नपाएको उनले बताए।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटन व्यवसायी अनुशासित हुँदाहुँदै पनि सरकार गम्भिर नबन्दा समस्या थपिएको उनले बताए। ‘तिहारसम्मका लागि हामीले पर्खिन्छौ, त्यो बेलासम्म पनि व्यवसायीको मागप्रति सरकार गम्भिर नबने तिहारलगत्तै राष्ट्रबैंक घेर्न पुग्छौ। व्यवसाय खुला राखेरै आन्दोलन मा उत्रनुको विकल्प छैन,’ उनले भने, ‘व्यवसायीलाई पीडा दिने निकाय राष्ट्रबैंक र अर्थमन्त्रालय हुन् । तिनै निकाय घेर्न पुग्नेछौ।’

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माले व्यवसायी अहिलेसम्म संयमित भएको तर, अब धैर्यताको बाँध फुट्न थालेको बताए। बैक तथा वित्तीय संस्थाको दवावमा व्यवसायी रहँदा आत्महत्याको बाटो समेत अंगाल्न पुग्ने जोखिम रहेको उनले सुनाए । ‘आर्थिक पीडा दर्दनाक हुने रहेछ । हामी अहिलेसम्म संयमित भएका हौ  तर, अब धान्न सक्ने अवस्था छैन,’ शर्माले भने, ‘हामीले संयमित भएर माग राखेका छौ। यसमा पनि सरकार गम्भिर नभए त्यसपछि आइपर्ने अप्ठेरोमा सरकार नै जिम्मेवार हुनुपर्छ।’

सन् २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने र त्यसका लागि ठुलो लगानी आवश्यक पर्ने भनेर सरकारले भनेपछि व्यवसायीले लगानी गरेको भएपनि अहिले ब्याजदर बढाउँदा सरकारले नै बेवास्ता गरेको उनले सुनाए। ‘हामीले सरकारको अनुरोधमा लगानी गरेका हौ। ऋण काढेर लगानी ग¥यौ। तर, अहिले मारमा परेका छौं,’ उनले भने, ‘ब्याजदरले थिचिँदा पनि सरकाले वास्ता गर्दैन भने आन्दोलन गर्नुको विकल्प छैन।’ कोरोना भाइरस संक्रमणले २० लाख विदेशी पाहुना भिœयाउने लक्ष्य शुन्यमा झारेकोले सरकारले त्यसबारेमा सोच्नुपर्ने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष बच्चुराम तिवारीले सबैतिर मुल्यवृद्धि भएपनि होटल क्षेत्रमा दुईदशकदेखि एकैमुल्य रहेको बताउँछन्। अहिले सबैजसो होटलले आधा मुल्यमा सेवा दिईरहेको उनले सुनाए। ‘५० प्रतिशत सस्तोमा सेवा दिएकोले मात्र अहिले पाहुना आएका हुन्। सबैतिरको मुल्य बढेको बढ्यै छ। तर, होटलको मुल्य दुइदशकदेखि एकैखालको छ,’ उनले भने, ‘बेलाबेलाका घटनाक्रमले व्यवसायीले मुल्य बढाउने आँट गरेका छैनन।’ व्यवसायीले सस्तोमा सेवा दिएको बेला बैंक तथा वित्तीय संस्थाले दोब्बरले ब्याज असुल गरेपछि तिर्न सक्ने हैसियत व्यवसायीले नराखेको उनको भनाई छ। ‘सबैतिरको मुल्य बढ्यो, तर पर्यटन क्षेत्रको मुल्य बढाउन सकिएन। यो अवस्थामा ब्याजदर बढाउँदा झनै सकस भयो,’उनले भने।

होटल संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले बैंक तथा वित्तीय क्षेत्रको प्राथमिकता पर्यटन क्षेत्रमा नपर्दा यो अवस्था आएको बताए। उनले पर्यटनमा लगानी गर्न सुरुमा हौस्याएको र अहिले भने मारमा पर्दा बेवास्ता गरेको बताए। बैंक तथा वित्तीय संस्थाले एकतर्फी ब्याज बढाएर वित्तीय आतंक सिर्जना गरेको तुलाचनले आरोप लगाए।  

प्रकाशित: ४ कार्तिक २०७९ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App