२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भक्तपुरमा भेरोसेल दोस्रो खोप : कतै सुरु कतै बाँकी

भक्तपुरको सूर्यविनायक नगरपालिका भोलि मंगलबार ४ गतेबाट भेरोसेल दोस्रो खोप लगाउन सुरु हुँंदैछ । त्यस्तै बुधबार ५ गतेबाट चाँगुनारायण नगरपालिकामा र भक्तपुर नगरपालिकामा ६ गते बिहीबारदेखि लगाइँंदैछ ।

के पुनः संक्रमणले खोपलाई चुनौती दिएको छ

‘हामीले खोप लगाएका स्वास्थ्यकर्मीमा पुनः संक्रमणका प्रशस्त उदाहरण देखेका छौं तर अधिकांशमा सामान्य लक्षण देखिएको छ। खोपले गम्भीर बिरामी हुनबाट जोगाएको छ।’

खोप लगाएका व्यक्तिलाई किन भईरहेको छ कोरोना संक्रमण?

नाकबाट यो भाईरस हाम्रो शरिरमा प्रवेश गरि इम्यून सिस्टमलाई असर पार्ने गरेको हुदाँ खोप लगाएको व्यक्तिले पनि यी कुराहरुलाई बुझन आवश्यक रहेको विज्ञहरुले बताउदै आएका छन्। सधै मास्कको प्रयोगसंगै सरकारले स्वास्थ्य विज्ञहरुसंग बनाएका हेल्थ गाईडलाईनको पालाना गरि आफ्नो स्वास्थ्यलाई ध्यान दिन जरुरी रहेको छ।

उपप्रधानमन्त्री र संयुक्त राष्ट्रसंघकी संयोजकबीच वार्ता: खोप उपलब्ध गराउन पोखरेलको गुहार

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

सरकारद्वारा सेरमको बचाउ : सेरममा आगलागी हुँदा खोप नपाएको जिकिर

आफूबाट भएको कमजोरी नस्विकारी सरकारले भारतको सेरम इन्ष्टिच्युटमा भएको आगलागीलाई बहाना बनाएर खोप नल्याउन पुनः अर्को बहाना पाएको छ।

खोप नआउनुमा बिचौलिया कारक

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले गत फागुनमा शक्तिशाली कमिसन एजेन्टका कारण खोप आयातमा अवरोध भएको संकेत गरेका थिए। ती एजेन्ट सेरमको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजका साझेदार विजय दुगड र ऋतुसिंह बैद्य रहेको खुलासा भएको छ। उनीहरूले सरकारले खरिद गरिसकेको र भविष्यमा खरिद गर्ने खोपमा १० प्रतिशत कमिसन माग गर्दै आएका छन्।

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ विरुद्धको खोप

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले फ्रन्टलाइनर कर्मचारीहरुको लागि कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ।

कोरोना नियन्त्रणमा भारतको मात्र भर नपराैँः माले

नेकपा(माले)ले कोरोना नियन्त्रणका लागि भारतको मात्र भर नपरी अन्य देशसँग पनि सहकार्य गर्न माग गरेको छ।

सूचना आयो, खोप आएन

भक्तपुरकी राधेलक्ष्मी खाइतू (नाम परिवर्तन) लाई आइतबार नै थाहा थियो कि उमेर पुगेका सम्पूर्ण नागरिकलाई नेपाल सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइदिंदै छ भनेर । तर उनी पहिलो दिन अत्याधिक भीडभाड होला भनी खोप लगाउन आइनन् । त्यसको भोलिपल्ट सोमबार विहान ६ नबज्दै उनी भक्तपुर नगरपालिकाद्धारा सञ्चालित च्याम्हासिंहस्थित जनस्वास्थ्यमा लाइनमा उभिन आइन् खोप लगाउन ।

'भेरासेल' खोप लगाउन आउनेको भीड (फोटोफिचर)

यति बेला काठमाडौंको थापाथलीस्थित प्रसूति गृह र ललितपुरको अल्का अस्पतालमा कोभिड १९ विरुद्धको खोप लगाउन आउने मान्छेहरुको ठूलो भीड देख्न सकिन्छ।

खोप लिएकाबाट अरूलाई कोरोना सर्ने सम्भावना उच्च

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोना भाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन्। खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरूबाट अरूलाई सर्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन्।

कोरोना खोप लगाउनु अघि र लगाइसकेपछि यी कुरामा ध्यान दिनुहोस्

कोरानाविरुद्धको खोप लगाउन जति आवश्यक छ त्यति नै आवश्यक खोप लगाउनुअघि, खोप लगाउँदा र खोप लगाएपछि के कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा युनिसेफले यसबारे सल्लाह दिएको छ।

कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ

कोभिसिल्ड खोपको दोस्रो डोज स्वास्थकर्मीहरूले लगाइसकेका छन्। त्यसरी दोस्रो चरणको खोप लगाइसकेका कतिपय स्वास्थकर्मीलाई भने कोरोना संक्रमण देखिएको छ। काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. कपिलमणि केसीमा कोभिसिल्डको दोस्रो खोप लगाएको करिब तीन सातापछि कोरोना संक्रमण देखिएको छ।

कोरोनाविरुद्धको खोप लगाएका भेरीका ६ स्वास्थ्यकर्मीलाई संक्रमण

तीव्र रुपमा फैलिएको संक्रमणबाट कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाएका ब्यक्ति पनि अछुतो रहन सकेका छैनन्। कोरोनाविरुद्धको खोप लगाएका भेरी अस्पताल नेपालगन्जका ६ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका हुन्।

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या, तत्काल रोक लगाउन आदेश

अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ। एक डोज मात्र लगाए हुने यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिन सक्ने अमेरिकी अधिकारीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्