१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ विरुद्धको खोप

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले फ्रन्टलाइनर कर्मचारीहरुको लागि कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ।

दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइनर कर्मचारीहरुको लागि कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको हो। अलिबाबा समूहको स्वामित्वमा रहेको दराजले नेपाललगायत ४ अरु दक्षिण एशियाली बजारमा आफ्नो सेवा सञ्चालन गरिरहेको छ।

दराजले अहिले नेपालका विभिन्न शहरहरूमा ६०० बढी कर्मचारीहरुलाई रोजगारी दिइरहेको छ। तिनीहरूमध्ये आधा रसद र डेलिभरी सेवाहरूमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु रहेका छन्।

कम्पनीले गत २ हप्ताको अवधिमा देशभरिको विभिन्न सहरहरुबाट कर्मचारीहरुलाई काठमाडौं ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ।

कोभिड–१९ को महामारीमा पनि ग्राहकहरुलाई आवश्यक पर्ने चीजहरूमा सजिलैसँग पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएका फ्रन्टलाइन कर्मचारीहरुलाई खोप दिइएको दराज नेपालका प्रबन्ध निर्देशक लिनोअल रिङ्गले बताए ।

‘स्वास्थ्य सेवा विभागको सहयोगमा हामी यो कोभिड–१९ विरुद्धको खोप कार्यक्रम संचालन गर्न पाउँदा निकै खुसी छौं। स्थानीय अधिकारीहरु हरेक दिन  फ्रन्टलाइनमा रहेका व्यक्तिहरुलाई रक्षा गर्ने काम गरिरहेका छन् यो प्रशंसनीय छ।’ दराज नेपालका प्रबन्ध निर्देशक रिङ्गले भने।

एनका अनुसार दराजमार्फत करिब १०,००० बिक्रेताहरू आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् भने लाखौं ग्राहकहरूले सुरक्षित शपिंग गरिरहेका छन् । उनले खोप कर्मचारीहरुलाई मात्र नभएर समाजको लागि पनि फलदायी हुने बताए। ‘महामारीको सम्भावित दोस्रो छालको बीचमा समाजलाई सुरक्षित राख्नु यो एउटा महत्वपूर्ण कदम हो।’

यस्तै हब सुपरभाइजर विशाल श्रेष्ठले कर्मचारीहरुको नयमित तापक्रम जाँचदेखि लिएर, सामाजिक दूरी कायम राखी, दराजले सबै कर्मचारीहरुलाई सुरक्षित काम गर्ने वातावरण प्रदान गरिरहेको बताए।

प्रकाशित: १६ वैशाख २०७८ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App