८ वैशाख २०८१ शनिबार

छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन्।

बुस्टरका लागि पहिल्यै प्रयोग भएका खोप उचित

परिवार कल्याण महाशाखा खोप शाखाले भने अहिलेसम्म बुस्टर डोज लगाउने नभनी ६० वर्षमाथिका र अन्य जोखिम मात्र थप मात्रा दिने भनेको छ।

खुल्यो अनअराइभल भिसा

सरकारले खोप नलगाएका विदेशीको हकमा भने सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर एजेन्सीमार्फत नेपाल भ्रमणको अनुमति पाउनेछन्। त्यस्ता व्यक्तिलाई नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ।

विद्यालयबाट स्वास्थ्य प्रवर्द्धन गर्ने विश्व स्वास्थ्य संगठनको निर्णय

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीका बीचमा विद्यालय संचालनलाई सुरक्षित बनाउँदै प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन विद्यालय बनाउने संकल्प पारित भएको छ। हालै सम्पन्न विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली संगठनको सत्रले यो संकल्प पारित गरेको हो।

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।

खोप उपलब्ध गराउन जी–२० को पहल आवश्यक

जी–२० देशका अर्थमन्त्रीको बैठकले विश्वलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन ठोस योजना ल्याउन आवश्यक छ। उक्त बैठकमा अमेरिका, बेलायत, युरोपियन युनियन, रुस, चीन, भारतजस्ता खोप उत्पादन गर्ने प्रमुख देश सहभागी रहने भएकाले यी राष्ट्र मिलेर काम गरेमा सन् २०२२ को सुरुसम्म सम्पूर्ण विश्वलाई खोप उपलब्ध गराउन सक्छन्।

स्वास्थ्यमन्त्री श्रेष्ठले गरे खोप ल्याउने प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

सेरमले तत्काल खोप नदिने

सेरमबाट उत्पादित खोपको पहिलो डोज लिएकालाई दोस्रो डोज पनि सोही खोप दिनुपर्छ। सेरमले यो वर्षभरि नै खोप उपलब्ध गराउन नसक्ने जनाएपछि पहिलो डोज खोप लिइसकेकालाई दोस्रो डोज कसरी दिने भन्ने अन्योल उत्पन्न भएको छ।

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ विरुद्धको खोप

नेपालको अग्रणी अनलाइन शपिंग बजार, दराजले फ्रन्टलाइनर कर्मचारीहरुको लागि कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ।

चीनबाट आइपुग्यो कोरोनाविरुद्धको आठ लाख डोज खोप

चीनले सहायतास्वरुप प्रदान गरेको कोभिड–१९ विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

कोभिड–१९ विरुद्धको खोप अभियान: पहिलो चरणमा चार लाख २९ हजारले लगाए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए।

पहिलो चरणमा १११७ जनालाई खोप

उदयपुरका सबै स्थानीय तहमा पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सकिएको छ। माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानबाट जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनचालक तथा शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्