७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोना खोप लगाउनु अघि र लगाइसकेपछि यी कुरामा ध्यान दिनुहोस्

कोरोनाविरुद्धको खोप आएदेखि सबै जनालाई यस खोपको पर्खाइरहेको छ। कैयौँ मानिसले यो खोप लगाइसकेका छन् भने अरूलाई पनि कहिले लगाउने भन्ने कुराको चिन्ता रहेको छ। कसैले बुझेर लगाएका छन् भने कतिले यो अनिवार्य भएको भएर लगाएका छन। कतिपयको मनमा भने यस विषयमा शंका र उपशंका रहेको छ। यी चीज बुझेर आफ्नो शंकाबाट मुक्त पाउनुस्।  

कोरानाविरुद्धको खोप लगाउन जति आवश्यक छ त्यति नै आवश्यक खोप लगाउनुअघि, खोप लगाउँदा र खोप लगाएपछि के कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा युनिसेफले यसबारे सल्लाह दिएको छ।  

खोप लगाउनुअगाडि  

यदि तपाई खोपको पर्खाइमा रहनुभएको छ भने यस विषयमा अनुसन्धान गर्न अति आवश्यक छ । खोज गर्दा खोपले कसरी काम गर्छ, तपाईले लगाउने खोप कसरी अन्य खोपभन्दा भिन्न छ जस्ता कुरामा ध्यान दिनुस् । त्यस्तै  खोप विश्व स्वास्थ्य संगठनद्धारा प्रमाणित छ कि छैन भन्ने कुरामा राम्ररी विचार पुर्याउन आवश्यक छ । तपाईले लगाउने खोपको डोजबारे पनि ध्यान दिनुस् ।  

खोप सेन्टरमा मास्क लगाउने तरिका  

अहिले मास्क लगाउँदा अत्यन्त ध्यान दिन आवश्यक छ र यदि खोपको सेन्टरमा जाँदै हुनुहुन्छ भने मास्क तपाईको मुख र नाक पूर्ण रूपमा छोपिन जरुरी रहेको हुन्छ । मास्को प्रयोगसँगै तपाईसँग परिचयपत्र, स्यानिटाइजर र खोप लगाउने अनुमतिपत्र हुन पनि आवश्यक छ । यदि कुनै पनि तपाईको रोग भए खोप लगाउनु अगावै नै चिकित्सकलाई भन्न आवश्यक छ ।  

खोप लगाउने समयमा कुनै पनि किसिमको कोरोनाको लक्षण देखिए  अथवा कोरोना लागे खोप रद्ध गर्न आवश्यक हुन्छ ।  यदि तपाईलाई कोरोना भई त्यस सेन्टरमा अरूलाई पनि सर्न सक्छ त्यसैले अरूको पनि ख्याल राख्नु तपाईको दायित्व हो । यस संगै फोन, इमेलमार्फत् जानकारी दिन आवश्यक छ र १४ दिनपछि खोप लगाउन सकिनेछ ।  

खोप सेन्टरमा  

खोपको सेन्टरमा तपाईको पालो कुर्दा विभिन्न कुरामा ध्यान दिन आवश्यक हुन्छ जस्तै १ मिटरको दूरी कायम राख्नु, मास्को प्रयोग गर्नु, मुखको भागमा नछुनु, स्यानिटाइनजरको प्रयोग गरिराख्नु आदि ।  

खोप लगाएपछि

खोप लगाउँदा तपाईलाई पीडा हुनु तथा दुख्नु सामान्य हो। त्यसैलै तपाई यसका लागि पहिले मानसिकता बनाउनुहोस् । खोप लगाएपछि केही साइड इफेक्टस महसुस हुनेछ जुन सामान्य हो । यसले तपाईको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँदै छ र खोपले काम गर्दैछ भन्ने पनि बुझिन्छ । खोप लगाइसकेपछि पीडा हुनु, दुख्नु, सुनिनु, पोल्नु, सामान्य ज्वरो आउनु, टाउको दुख्नु,चिसोपन महसुस हुनु सामान्य हो र यस्ता लक्षण देखिए नआतिनुस्।  

यदि खोप लगाएपछि तपाईलाई एलर्जी आए, श्वासप्रश्वासमा गाह्रो भए वान्ता आए, बेहोस भए तुरुन्तै चिकित्सकलाई जानकारी गर्नुस्। खोप लगााएको ३० मिनटसम्म लक्ष्ण देखिना हुनाले त्यही स्थानमा बस्नु राम्रो हुन्छ । यस समय खोप लगाएकै ठाउमै  बस्नु।  

अन्य महत्वपूर्ण कुरा  

यदि तपाईको खोप दुई डोजको हो भने अर्को डोजको मिति सोध्न नभुल्नु होला। चारदेखि आठ हप्ताको बीचमा अर्को डोज खोप नभुल्नु होला। यदि कुनै पनि केसमा चिकित्सकले अर्को खोप नलगाउनु नभनेसम्म बाँकी डोजको खोप लिन नभुल्नु होला। 

प्रकाशित: ८ वैशाख २०७८ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App