२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दोस्रो चरणको खोप वैशाख ७ बाट

सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ। अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ।

कोभिडबिरूद्धको खोप अभियानमा अफ्रिका छायाँमा, अहिलेसम्म जम्मा दुई प्रतिशतले लगाए

अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भनेका छन्।

प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकारेका थिए। उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उनले पनि खोप लगाएका थिए। अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए।

भारतका प्रधानमन्त्री मोदीले लगाए कोरोनाको दोस्रो खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको कोरोना खोप लगाएका छन्। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उनले खोप लगाएका हुन्। 'मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,' सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्।

खोप र दिमागमा रगत जम्ने समस्याबीच सम्बन्ध छ: इएमए

कोरोनाविरुद्ध अस्ट्राजेनेकाले उत्पादन गरेको खोप र दिमागमा रगत जम्ने समस्याबीच प्रस्ट सम्बन्ध रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले जनाएको छ।

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन्। उनले मंगलबार सो कुराको घोषणा गरेका हुन्।

चिनियाँ खोप भोलिदेखि लगाउने: १४ वटा स्वास्थ्य संस्था तोकियो

चीनद्वारा अनुदानस्वरुप प्रदान गरिएको खोप भोलि (बुधबार)देखि लगाउने भएको छ। सरकारले कोभिड-१९विरुद्धको खोप लगाउनका लागि काठमाडौं उपत्यकाका १४ स्थानका स्वास्थ्य संस्थालाई तोकेको छ।

बुधबारदेखि चिनियाँ खोप

यो खोेप दुग्धजन्य, औषधिजन्य, खानेपानीलगायत अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेलाई दिइने बताए। यसैगरी हिमालपार व्यापार तथा व्यवसाय एवं अध्ययनमा जानेहरूलाई पनि यो खोप लगाइने जानकारी उनले दिए। तोकिएका वर्गका १८ देखि ५९ वर्ष उमेरका नागरिकलाई यो खोप उपलब्ध गराइनेछ।

चिनियाँ 'भेरोसेल' खोप यहीँ चैत २५ गतेदेखि लगाउने

प्रवक्ता गौतमका अनुसार कोरोनाविरुद्धको खोप ९ लाख मानिसलाई लगाउने योजना सरकारको रहेको छ। जसमध्ये हालसम्म ५ लाखलाई खोप लगाइसकिएको छ भने बाँकी ४ लाखलाई यो 'भेरोसेल'खोप लगाउने उनले बताए।

कोभिड-१९विरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने : प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनलाई प्राप्त कोभिड-१९विरुद्ध खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराउने बताएका छन्।

खोपका राजकुमार

संसार कोरोना भाइरसबाट आक्रान्त हुन थालेका बेला उनीसँग दुईवटा बाटा थिए–पहिलो, अरू कम्पनीझैँ खोप तयार कहिले हुन्छ, त्यो उत्पादन गर्ने थोरबहुत मौका पाइन्छ कि भनेर कुर्ने र संसारमा मृतक संख्या गनिरहने। अर्को चाहिँ, संसारमा खोप तयार गर्न दौडधुप गरिरहेका शोधकर्तासँग काँधमा काँध मिलाएर अघि बढेर उनीहरूभन्दा अगाडि दौड पूरा गर्ने जोखिम मोल्ने।

जनावरका लागि पनि बन्यो कोरोनाको खोप

कोरोनाभाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ। जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन्।

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए।

चीनबाट आइपुग्यो कोरोनाविरुद्धको आठ लाख डोज खोप

चीनले सहायतास्वरुप प्रदान गरेको कोभिड–१९ विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ।

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप

केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्। महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्