२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्।

डेनमार्कमा अझै तीन हप्ता अस्ट्राजेनिका खोप नलगाइने

खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय बिहीबार भएको अधिकारीहरूले जानकारी दिएका छन्। खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो। डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए।

भारतले अन्य देशमा खोप पठाउनमा लगायो रोक, नेपालमा पनि नआउने

भारतले कोरोनाविरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिशिल्ड’ को निर्यातमा प्रतिबन्ध लगाएको हो। भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण आउने हप्ताहरूमा भ्याक्सिनको आवश्यकता बढ्ने भन्दै निर्यातमा रोक लगाएको मन्त्रालयले जनाएको छ।

कति उपयोगी होला चिनियाँ खोप

विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियानमा त्यति उपयोगी नहुन सक्छ। चीनको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ।

८ लाख डोज खोप लिन जहाज चीन जाने

चीनले नेपालका लागि अनुदानमा दिएको कोभिडविरुद्धको ८ लाख डोज खोप लिन नेपाल एयरवेजको जहाज चीन जाने भएको छ। आइतबार चीन प्रस्थान गर्ने जहाजले सोमबार खोप ल्याइपुर्‍याउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ।

झापामा ४५ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ।

अस्ट्राजेनिका खोपमा कुनै स्वास्थ्य समस्या छैनः डब्लुएचओ

रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए। उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो।

कारोनाविरुद्धको खोपका लागि विश्व बैंकले नेपाललाई साढे ८ अर्ब सहयोग दिने

सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ।

खोप खरिद गर्न आठ अर्बभन्दा बढी सहयोग प्राप्त हुँदै

७० प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

१६ लाख ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन्। दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन्।

चीनद्वारा कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति

चीनले कोरोना भाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ। चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ।

खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ।

कोरोना खोप अभियान स्थगित

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

उपराष्ट्रपतिलाई कोरोना खोप

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन्।

कोरोना खोपको दोस्रो डोज पुग्ला त ?

सरकारी अधिकारीले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको खोपको दोस्रो खेप सोमबारसम्म आउने बताए पनि खोप निर्माता कम्पनीले खोप नेपाल पठाएन। कम्पनीले अब कहिले आपूर्ति गर्छ भन्ने कुनै सुनिश्चतता नभएको देखिएको छ। सरकारले सेरमसँग खोप खरिद गरेको २० लाख मध्ये १० लाख खोप डोज उक्त कम्पनीले उपलब्ध गराएको थियो भने दोस्रो खोप मार्च १५ सम्म नेपाल आउन सक्ने सरकारी अधिकारीले आशा व्यक्त गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्