coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

झापामा ४५ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ।

यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन्। तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४ सय५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २ सय जनाले मात्र खोप लगाएका छन्।

शिवसताक्षी नगरपालिकाका चार हजार ७ सय ४९ जनाले, गौरादह नगरपालिकाका चार हजार ६ सय ५३ जनाले, विर्तामोड नगरपालिकाका तीन हजार ७ सय७३ जनाले, कनकाई नगरपालिकाका तीन हजार ४ सय ९९ जनाले, कमल गाउँपालिकाका तीन हजार २ सय ४८ जनाले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ जनाले कोभिशिल्ड खोप लगाइसकेका छन्।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८ सय५४ जनाले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७ सय२३ जनाले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४ सय५१ जनाले, कचनकबल गाउँपालिकाका दुई हजार १ सय२३ जनाले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८ सय२३ जनाले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७ सय ९ जनाले र बाह्रदशी गाउँपालिकाका एक हजार २ सय जनाले उक्त खोप लगाइसकेका छन्।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ। पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए। त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए। रासस

प्रकाशित: ८ चैत्र २०७७ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App