७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोभिडबिरूद्धको खोप अभियानमा अफ्रिका छायाँमा, अहिलेसम्म जम्मा दुई प्रतिशतले लगाए

अफ्रिका कोभिड–१९बिरूद्ध विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी गराएको छ। 

अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भनेका छन्।  

‘भर्चुअल’ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले विशेष गरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधा अन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको उनले जानकारी गराए। डब्ल्यूएचओ अफ्रिकाको पछिल्लो तथ्याङ्क अनुसार महामारीबाट अफ्रिका सबैभन्दा कम प्रभावित भएको छ। अफ्रिकामा कूल ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने एक लाख १४ हजार सङ्क्रमितको मृत्यु भएको छ।

विश्वव्यापीरूपमा हेर्ने हो भने अहिलेसम्म कूल २९ लाख कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघ बाल कोष ९युनिसेफ० को पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रका प्रमुख मोहम्मद मलिक फालले ‘रेफ्रिजरेसन आवश्यकता अनुसारको यातायात साधनको उपलब्धतामा समस्याका साथै अन्य ब्यवस्थापकीय समस्याका कारण पनि अफ्रिकामा खोप अभियान ढिलो भएको हो। उनले भने, 'यी समस्याहरूले गर्दा अभियान नै समस्यामा परेको छ।' यद्यपि कोभाक्स कार्यक्रममार्फत खोपहरू अब ‘सबै अफ्रिकी देशहरुमा आइपुगेको र सुधार क्षमता र वितरण क्षमताको लागि अपील गरिएको फालले बताए। 

प्रकाशित: २७ चैत्र २०७७ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App