७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप

केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।  महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाएका हुन्। उनले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि खोप लगाएको समाचारमा जनाइएको छ।  

राष्ट्रपति केन्याटाले देशका सवै नागरिकलाई खोपप्रति विश्वास दिलाउन र आकर्षित गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको पनि बताए। पछिल्लो १२ दिनमा हाम्रा अस्पतालहरुमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा ५२ प्रतिशतले बृद्धि भएको छ। यो बृद्धिदर एकदमै धेरै हो, राष्ट्रपति केन्याटाले भने।

 पूर्वी अफ्रिकी मुलुक केन्यामा गत मार्च २ मा अस्ट्राजेनिकाको १० लाख २० हजार खोप ल्याइएको थियो।आगामी जुन महिनासम्म पहिलो चरणको खोप अभियान जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। पहिलो चरणमा खोपका लागि उच्च प्राथमिकतामा परेका समुदायलाई खोप लगाइने भएको छ। सरकारले खोप लगाउन प्राथमिकता निर्धारण गरेको छ।  

केन्यामा अहिलेसम्म एक लाख २६ हजार १ सय ७० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ९२ जनाको मृत्यु भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने केन्यामा ९२ हजार २ सय ६८ रहेको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित: १४ चैत्र २०७७ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App