९ आश्विन २०८१ बुधबार
image/svg+xml

अफगानिस्तानका पूर्व सांसदको हत्या

अफगानिस्तानका पूर्व सांसद अब्दुल वाली अहमदजाईको तालिवान समूहले गोली हानी हत्या गरेको छ।

रुपन्देही सामूहिक हत्याकाण्ड : यस्तो छ घटना विवरण

रुपन्देहीको तिलोत्तमा १० मेनीहवाका आशिष चौधरी र करण चौधरी स्थानीय एक स्कुलका कक्षा ८ का विद्यार्थी हुन । स्थानीय जनहित माविबाट दुवै जनाले कक्षा ८ को परीक्षा दिएका थिए । तर लकडाउनका कारण नयाँ किताव कापी बाकेर नयाँ कक्षामा पढ्न जाने धोको पुरा गर्न पाएनन् ।

रुपन्देहीको कान्छी बजारमा पाँच जनाको बिभत्स हत्या

रुपन्देहीको तिलोत्तमा गएराती पाँच जनाको बिभत्स हत्या भएको छ । तिलोत्तमानगरपालिका–१० स्थित कान्छी बजारमा पाँच जनाको हत्या भएको हो । कान्छीबजार स्थित मैनहवामा रहेको रामबहादुर पुन र कृष्ण बहादुर पुनको गाइ फार्ममा काम गर्ने तीन जना सहित मैनहवाकै अन्य दुई जना युवकको गाइ फार्म भित्रै गएराती हत्या भएको प्रहरीले जनाएको छ ।

राजपुर हत्याकाण्डका अर्का अभियुक्त पक्राउ

चर्चित राजपुर हत्याकाण्डका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस वडा नम्बर ४ हाल हाल राजपुर नगरपालिका वडा नम्बर ४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते हुनेहरुलाई जलाइएको भनिएको राजा इँटा उद्योगका एकजना मिस्त्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

विभेद कहिलेसम्म ?

केही दिन पहिला पश्चिम रुकुममा प्रेम गरेकै निहुँमा नवराज विक लगायत केही युवालाई कुटीकुटी मारियो । मारेर भेरी नदीमा फालियो । तिनीहरूको गल्ती के थियो ?

सल्यानमा एक महिलाले गरिन आफ्नै श्रीमानको हत्या

त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रवासी नेपालीद्वारा भारतमा रुकुम घटनाको विरोध

भारतको महाराष्ट्र स्थित पुनामा रहंदै आएका प्रवासी नेपालीहरुले विहिवार रुकुम घटनाको विरोध गरेका छन्। विरोध प्रर्दशन गरी महाराष्ट्र पुनाका जिल्ला अधिकारी श्री कटरियालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाई नेपालमा जातीय विभेदको कारण २१ वर्षीय युवक नवराज विक सहित ६ जना युवाको हत्या गरिएको जानकारी गराएका छन्।

रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

रुकुम पश्चिममा भएको हत्याको घटना अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराए।

नवराजसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न नेबिसंघको माग

नेपाल विद्यार्थी संघ खोटाङले जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।

महान्यायाधिवक्ताको अभिव्यक्तिले रुकुम नरसंहार लुकाउन राज्य नै लागेको पुष्टिः भट्टराई

आफ्नो फेसबुक वालमा उनले लेखेका छन्, ‘रुकुम नरसंहारबारे गृहमन्त्रीपछि महान्यायाधिवक्ताले ‘अनुसन्धन्धानले त्यस्तो पुष्टि गर्नेवाला छैन’ भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको प्रस्ट भएको छ । मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसी सक्किगो ! त्यसो त सांसद अपहरण काण्ड फासफुस पारेकै हो ! संसदीय छानवीननिम्ति लडौं !’

किशोरीको चरित्र हत्या नगर्न रेखाको अपिल

अभिनेत्री रेखा थापाले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै हत्या गरिएका नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न अपिल गरेकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न आग्रह गरेकी थिइन् ।

नवराजसहितका युवाको हत्या बिरोधमा प्रशासन अगाडि धर्ना

प्रेमीका भेट्न गएका जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या गरिएको बिरोधमा खोटाङका दलित संघसंगठनले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

फरुवाले हानेर एक जनाको हत्या

कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा मंगलवार राति सवा नौ बजेतिर फरुवाले हानेर एक जनाको हत्या गरिएको छ। बाणगंगा नगरपालिकाको कोपवाका ढाडे भन्ने राम लौटन चौधरीले स्थानीय ५० वर्षीय श्याम नाथ तिवारीलाई फरुवाले हानेर मारेका हुन।

मादक पदार्थ सेवन गरेर विवाद हुँदा इटहरीमा युवकको हत्या

मादक पदार्थ सेवन गरेर विवाद हुँदा आइतबार राति इटहरी वडा नं. २० तरहरामा एक युवकको हत्या भएको छ। विवाद हुँदा इटहरी वडा नं. २० का २८ वर्षे राजन राईको हत्या भएको हो।

शंकास्पद अवस्थामा शव, सामूहिक हत्याको आशंका

१९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्