कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुरमा मंगलवार राति सवा नौ बजेतिर फरुवाले हानेर एक जनाको हत्या गरिएको छ। बाणगंगा नगरपालिकाको कोपवाका ढाडे भन्ने राम लौटन चौधरीले स्थानीय ५० वर्षीय श्याम नाथ तिवारीलाई फरुवाले हानेर मारेका हुन।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशी अनुसार मृतक तिवारीको बाँया आँखा किनारमा चोट र घांटी निर काटिएको छ। घटना लगत्तै स्थानीयले आरोपीलाई नियन्त्रणमा लिई रातभरी बाधेर राखेका थिए। ओरापीले मापसे गरेको र सामान्य बिवादमा रामलौटनले तिवारीलाई आवेगमा आई फरुवाले हानेको प्रहरी निरीक्षक जोशीले बताए।
थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोली घटना स्थलमा पुगेको छ। मृतक तिवारीको शवलाई घटना स्थलमै शील गरी प्रहरी नियन्त्रणमा राखिएको छ। शवलाई पोस्टमर्टमकालागि अस्पताल पठाइने प्रहरीले जनाएको छ।
प्रकाशित: २१ जेष्ठ २०७७ ०३:३८ बुधबार