१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्ताको अभिव्यक्तिले रुकुम नरसंहार लुकाउन राज्य नै लागेको पुष्टिः भट्टराई

डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गृहमन्त्री रामबहादुर थापा र महान्यायधिवक्ता अग्नि खरेलको अभिव्यक्तिले रुकुम नरसंहार लुकाउन राज्य नै लागिपरेको प्रस्ट भएको टिप्पणी गरेका छन् ।  

बिहीबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै डा. भट्टराईले रुकुममा भएको दलित नरसंहारबारे गृहमन्त्रीपछि महान्यायाधिवक्ताले ‘अनुसन्धानले त्यस्तो पुष्टि गर्नेवाला छैन’ भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको प्रस्ट भएको आरोप लगाएका हुन् ।   

 

यो पनि पढ्नुहोस्

फेरि कोही नवराज बिक नबनून्

आफ्नो फेसबुक वालमा उनले लेखेका छन्, ‘रुकुम नरसंहारबारे गृहमन्त्रीपछि महान्यायाधिवक्ताले ‘अनुसन्धन्धानले त्यस्तो पुष्टि गर्नेवाला छैन’ भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको प्रस्ट भएको छ । मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसी सक्किगो !  त्यसो त सांसद अपहरण काण्ड फासफुस पारेकै हो ! संसदीय छानवीननिम्ति लडौं !’  

प्रकाशित: २२ जेष्ठ २०७७ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App