१० असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री भेट्न पुगेका दलित अधिकारकर्मीविरुद्ध प्रहरीकाे दमन

रुकुम हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएका दलित समुदायका सांसद तथा अधिकारकर्मीलाई प्रहरीले लाठीचार्ज गरेको छ। त्यस क्रममा केही सांसद तथा अधिकारर्की घाइते भएका छन्।

रुकुम घटनामा प्रहरी निष्कर्ष : नदीमा हाम फाल्न बाध्य बनाएर ढुंगा प्रहार

रुकुमको चौजहारी घटनाको अनुसन्धान प्रहरीले सकाएको छ। झन्डै २२ दिन लगाएर गरेको अनुसन्धानपछि उक्त प्रतिवेदनको फाइल प्रहरीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको प्रहरीले जनाएको छ।

रुकुम पश्चिम घटना प्रतिवेदन : पूर्वयोजना अनुसार कुटीकुटी हत्या

अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटना पूर्वयोजना अनुसार कुटीकुटी हत्या भएको प्रतिवेदन सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

रुकुम घटनाबारे संसदीय समितिले थाल्यो छानविनको काम

रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ। विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारीक रुपमा भेटगरी छलफल सुरु गरेको हो।

प्रवासी नेपालीद्वारा भारतमा रुकुम घटनाको विरोध

भारतको महाराष्ट्र स्थित पुनामा रहंदै आएका प्रवासी नेपालीहरुले विहिवार रुकुम घटनाको विरोध गरेका छन्। विरोध प्रर्दशन गरी महाराष्ट्र पुनाका जिल्ला अधिकारी श्री कटरियालाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाई नेपालमा जातीय विभेदको कारण २१ वर्षीय युवक नवराज विक सहित ६ जना युवाको हत्या गरिएको जानकारी गराएका छन्।

रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

रुकुम पश्चिममा भएको हत्याको घटना अध्ययन, अनुसन्धानका लागि संसदीय विशेष समिति गठन हुने भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुले संसदीय विशेष समिति गठन नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै अवरोध गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले समिति गठन गरिने जानकारी गराए।

महान्यायाधिवक्ताको अभिव्यक्तिले रुकुम नरसंहार लुकाउन राज्य नै लागेको पुष्टिः भट्टराई

आफ्नो फेसबुक वालमा उनले लेखेका छन्, ‘रुकुम नरसंहारबारे गृहमन्त्रीपछि महान्यायाधिवक्ताले ‘अनुसन्धन्धानले त्यस्तो पुष्टि गर्नेवाला छैन’ भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको प्रस्ट भएको छ । मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसी सक्किगो ! त्यसो त सांसद अपहरण काण्ड फासफुस पारेकै हो ! संसदीय छानवीननिम्ति लडौं !’

रुकुम हत्याकाण्डको अनुसन्धान गरियोस्: राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त

जेनेभा स्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तको कार्यालयले रुकुम हत्याकाण्डाको निष्पक्ष छानविन गर्न आग्रह गरेको छ। जेनेभा स्थित कार्यालयकी उच्च आयुक्त बाचलेटले रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेम सम्वन्धको कारण भएको हत्या र यसै गरी कोभिड १९ र लकडाउनको समयमै जातीय विभेदको कारण अन्य घटनाहरु भएको जनाउँदै घटनाको निष्पक्ष छानविन गर्न अनुरोध गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्