२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुपन्देही सामूहिक हत्याकाण्ड : यस्तो छ घटना विवरण

रुपन्देहीको तिलोत्तमा १० मेनीहवाका आशिष चौधरी र करण चौधरी स्थानीय एक स्कुलका कक्षा ८ का विद्यार्थी हुन । स्थानीय जनहित माविबाट दुवै जनाले कक्षा ८ को परीक्षा दिएका थिए । तर लकडाउनका कारण नयाँ किताव कापी बाकेर नयाँ कक्षामा पढ्न जाने धोको पुरा गर्न पाएनन् ।  

मैनिहवाको गंगादेवि पशुपंक्षी फार्ममा सोमबार ५ जनाको विभत्स हत्या भयो । जसमा मैनिहवाका १७ वर्षे आशिष चौधरी र करण चौधरीसगै भैसी फार्ममा कार्यरत ४० वर्षे माधव मुसहर उनकी श्रीमती ३७ वर्षे जानकी मुसहर,१४ वर्षे पोखराज मुसहर थिए । माधव र जानकी श्रीमान श्रीमती हुन । उनीहरु विगत दुई वर्षदेखि सोही फार्ममा कार्यरत रहेको फार्मका संचालक रामबहादुर पुनले बताए । १४ वर्षीय बालक पोखराज मुसहरलाइ भने सानैदेखि अनाथ भएकाले आफुहरुले परिवारको सदस्यलाइ जस्तै गरी पालेको पुनले बताए ।  

आषिस र करण फार्मका कामदार होइनन । उनीहरुको घर मैनीहवामै छ । दुवै जना पोखराजको साथी भएकाले उनीहरु बेला बेलामा भेट भइरहन्थे । लकडाउनले लामो समय स्कुल छुट्टी भएकाले घरमा दिनभर घर बस्दा बोर भएको भन्दै आशिष करणले पोखराजालाई भेट्ने निहुँमा मोवाइल चलाउन फार्ममा आउने गरेको स्थानीयले बताएका छन् । ‘साँझमा आफ्नै घरमा बस्नु पर्छ जाउ भनेर धेरै पटक सम्झाउथे । तर काम सकेर म घर गएपछि उनीहरु कहिले काँही यही सुत्ने रहेछन’ रामबहादुरले भने । सोमबार साँझ पनि आषिस र करण घर गएनन् । फार्ममै  बसे । फार्मका अर्का सचालक कुष्णबहादुर पुनले आफू सोमबार साँझ ७ बजेपछि गोठको सबै चाँजोपाँचो मिलाएर खाना खान घर गएको बताए ।

रामबहादुर र कृष्णबहादुर दाजु भाइ हुन्। उनीहरुको घर गोठबाट करिब ५ सय मिटरको दुरीमा छ । कृष्णको भैसी फार्म नजिकै २० मिटरको दुरीमा डिलबहादुर थारुको पशु फार्म छ। डिलबहादुर आफ्नो साथी भएको सोमबार उनैको फार्ममा सुतेको कृष्णले संचारकर्मीहरुलाई बताएका थिए। दुईवटै फार्म नजिकै भएपनि राती दश बजेसम्म आफूले कुनै अवाज वा हल्ला नसुनेको कृष्णले बताएका छन्।  

सधै सबेरै उठेर गोठको काम गर्ने कामदारहरु मंगलबार बिहान साढे पाँच बजेपछि पनि नउठेको देखेपछि कृष्णले फार्म भित्रै कामदारका लागि बस्न बनाइदिएको कोठा नजिकै गएर चिच्याए । कोठामा आफ्नी सानीआमा (आमाकी बहिनी) सगै सुतेका ९ वर्षे बालक बाहिर आए । कृष्ण भन्छन् ‘मैले जा बाआमालाई उठाएर चावी खोल्न भन बाबु भने । उ भित्र गएर आयो र भन्यो बाआमा सुत्नु भाछ बोल्नु भएन रगत पनि छ । म त झस्कीए । के भन्छ यो केटो भन्दै आत्तीएर गेट नाघेर भित्र पस्दा पाँचै जनाको एकै ठाउमा हत्या भएको देखे’ । त्यसपछि प्रहरी र स्थानीयलाइ खबर गरेर बोलाएको उनले बताए ।  

बिहान पाँचै जनाको शव भैसी बाध्ने कोठको नजिकैको कोठामा बिस्तारमा सुताइएको अवस्थामा थियो । घटनास्थालमा पुगेका प्रत्यक्षदर्सी र सुरक्षाकर्मीका अनुसार पाँच जना मध्ये तीन जनालाई टाउकाको पछाडीको भागमा घरेलु हतियारले हानेको गहिरो चोट थियो । उनीहरुको शव घोप्टो परेको अवस्थामा थियो । दुई जनाको घाटीमा गहिरो चोट र एक जनाको मुखमा पनि काटेको गहिरो चोट थियो । चारवटै शव भुइमा एउटै बिस्तारामा थुपुक्क सुताइएको अवस्था थिए । प्रहरीले घटनास्थालबाट रगत लतपतीएको एउटा फोरुवा कोदालो र रण बरामद गरेको छ ।  

फार्ममै कार्यरत एक जना पक्राउ सोधपुछ जारी

घटनास्थाल नजिकै परालमा लुकेको अवस्थामा प्रहरीले फार्ममै कार्यरत सुर्खेतका झसेन्द्र सिजालीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिदा उनी बेहोस अवस्था रहेको भनिएको छ । झसेन्द्रको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले प्रारम्भिक सोधपुछ गर्ने प्रयास गरेपनि  झसेन्द्रले आफूलाई मानसिक रोगी जस्तो गरी प्रस्तुत गरीरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले बताए । ‘उसले घरी हो मैले मारेको हुँ पनि भन्छ घरी हैन भन्छ । घरी टोलाए झै गर्छ त्यसैले अहिले नै  आधिकारीक रुपमा यही हो भन्ने निश्कर्षमा पुग्न मिल्दैन’ एसपि थापाले भने ।

घटनास्थलको प्रकृतिले हत्या हुन अघि मृतकले हत्याराबिरुद्ध कुनै खालको प्रतिकार गरेको जस्तो देखिदैन । पाँच जनाको हत्या गरीएको भनिएको स्थानमा बिहान प्रहरी र स्थानीय पुग्दा नजिकै रहेका दूध बोक्ने क्यानहरु, दानाका लागि ल्याएका चापडका बोरा, घास भुसा तथा अन्य सामानहरु सबै यथास्थानमा थिए । अर्थात हत्या हुन अघि मृतकले हत्यारा बिरुद्ध कुनै खालको प्रतिकार गरेको जस्तो नदेखिएको बिहानै घटनास्थल पुगेका वडा न १० का वडाध्यक्ष व्यासमुनी थारुले बताए ।

‘पाँच जनाको शब एउटै बिस्तारमा लम्पसार परेर सुताइको छ । तीन जनाको टाउकाको पछाडी एक ठाँउमा मात्रै गहिरो चोट थियो । दुई जनाको घाटीमा र मुखमा चोट थियो । तर वरपरका सामान सबै यथास्थानमा थिए । न टाढासम्म रगतनको छिटा छ न मृतकले आफुलाई बचाउन कुनै प्रतिकार गरेको भन्ने देखिन्छ त्यसैले पनि घटना शंकास्पद छ’ वडाध्यक्ष चौधरीले भने । घटना स्थल हेरेका स्थानीयले पनि पाँच जना व्यक्तिलाइ एक्लो व्यक्तिले मात्रै त्यसरी हत्या गर्न सम्भव नदेखिने भन्दै नियोजित रुपमा घटाइएको हत्याकाण्ड हुन सक्ने आशंका गरेका छन । 

फार्ममा माधवको परिवार गेट नजिकैको कोठामा र झसेन्द्र गोठ नजिकै गोठमा सुत्ने व्यवस्था मिलाएको फार्म संचालक पुनले बताए । पुनका अनुसार सोमबार भने माधवको परिवार बस्ने भनिएको कोठामा मृत्तक जानकीकी बहिनी र उनको ९ वर्षे कान्छो छोरा सुतेका थिए । माधव र जानकीका १४ वर्षे जेठा छोरा भने गाउँकै अर्को एउटा पशु फार्ममा काम गर्छन् । उनी सोमबार दिउँसो मात्रै त्यहाँ बाबा आमा र भाइलाई भेट्न आएका थिए ।  

जानकीको माइती मैनीहवामै भएको र घर निर्माण चलीरहेकाले उनकी बहिनी फार्ममा सुत्न आएको बताइएको छ । आफ्ना दिदि भिनाजुसहित ५ जनाको हत्या भएको स्थानदेखि केही पर रहेको कोठामा सुतेकी ती युवतीले राति १२-१ बजेतिर झसेन्द्रले आफूहरु सुतेको ढोका ढकढकाउन आएपनि रक्सीले मातेर आएको भन्दै वास्ता नगरेको स्थानीयलाई बताएकी छन् । ढोका ढकढकाएको केही बेरमा फार्ममा लाइन गएर अध्यारो भएपछि डरले बाहिर ननिस्केको उनको भनाइ थियो । मृतक माधव र जानकीका जेठा छोराले झसेन्द्र र आफ्ना बाबुआमा बिच केही समय अघि झगडा भएको संचारकर्मीलाई बताए पनि फार्मका संचालक पुन दाजुभाइले भने उनीहरु बिच यसअघि झैझगडा भएको थाहा नपाएको बताएका छन् ।  

झसेन्द्र सो फार्ममा लकडाउन सुरु भएपछि काम खोज्दै आएका हुन । त्यसअघि उनी मैनिहवा नजिकैको शिवपुर गाँउको एउटा पशु फार्ममै काम गर्थे । सो फार्ममै छदा आफनी श्रीमती झगडा गरेर हिडेपछि एक्लो भएको र काम बिहिन भएको भन्दै काम माग्न आएपछि काममा राखेको पुन दाजुभाइले बताएका छन् ।

एसएसपि बैदवारको संयोजकत्वमा छानबिन समिति गठन

मैनिहवाको समूहिक हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश प्रहरीले गठन गरेको छानबिन समितिले मंगलबारै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको छानबिनका लागि  बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदबारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरीएको थियो । छानबिन टोलीले मंगलबारै दिउँसो घटनास्थालको अनुसन्धान गर्नुका साथै स्थानीय संगको सोधपुछ सगै जिल्लाको सुरक्षा निकायसंग पनि छलफल गरेको एसएसपि बैदवारले नागरिकलाई बताए । एक जना नियन्त्रणमा छन् । उसंगको सोधपुछ जारी छ र अन्य कोणबाट समेत घटनालाई एनालाइसीस गर्दे सत्यतथ्य छिट्टै बाहिर बाहिर ल्याउने छौ’ एसएसपि बैदवारले भने ।   

 

प्रकाशित: २७ जेष्ठ २०७७ १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App