२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

किशोरीको चरित्र हत्या नगर्न रेखाको अपिल

अभिनेत्री रेखा थापाले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै हत्या गरिएका नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न अपिल गरेकी छिन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै उनले घटनामा संलग्न अपराधीहरूलाई सजायको माग गर्दै नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरीको चरित्र हत्या नगर्न आग्रह गरेकी थिइन् ।  

‘रुकुम घटनाका दोषीमाथि सजाय र पीडितलाई न्याय दिइयोस्,’ उनले लेखेकी थिइन्, ‘यस घटनामा जोडिएकी किशोरीको चरित्र हत्या र नारी अस्मितामाथि व्यंग्य गर्ने काम भएको छ । त्यसले  उत्पीडित वर्गमाथि प्रहार भएजस्तो लाग्छ । अन्तर्जातीय प्रेम गर्ने साहस भएकी किशोरीको चरित्र हत्या गरेर न्याय हुन्छ ?’ उनले किशोरीको चरित्र हत्या गरेर पीडितले न्याय नपाउने तर्क गरेकी थिइन् । ‘नेपालमा केटीको उपमान गरेर न्याय पाउने हो ?

केटीको पेटीकोट समातेर विद्रोह हुन्छ ?,’ उनले प्रश्न गरेकी थिइन्, ‘मानसिक हिंसा भएकाले ती किशोरीले नदीमा हाम्फाले जवाफदेही को हुन्छ ? किशोरीको चरित्र हत्या गरेर न्याय पाउने भने भोलिका दिनमा कुनै पनि छोरीले कसैलाई माया गर्ने छैनन् ।’

प्रकाशित: २२ जेष्ठ २०७७ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App