९ आश्विन २०८१ बुधबार
image/svg+xml

हत्या गरेको आरोपमा दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

रुकुम हत्याकाण्डको अनुसन्धान गरियोस्: राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त

जेनेभा स्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तको कार्यालयले रुकुम हत्याकाण्डाको निष्पक्ष छानविन गर्न आग्रह गरेको छ। जेनेभा स्थित कार्यालयकी उच्च आयुक्त बाचलेटले रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेम सम्वन्धको कारण भएको हत्या र यसै गरी कोभिड १९ र लकडाउनको समयमै जातीय विभेदको कारण अन्य घटनाहरु भएको जनाउँदै घटनाको निष्पक्ष छानविन गर्न अनुरोध गरेकी छन्।

कुटपिटको बदला लिन हत्या, दुई पक्राउ

तीन महिनाअघि सामान्य कुटपिटको रिसिइबीलाई लिएर सुनसरी बराहक्षेत्रका एक पुरुषको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बराहक्षेत्र वडा नं. ३ बस्ने ३७ वर्षे कमल राईको हत्या गर्ने सोही ठाउँका गणेश लिम्बु र प्रदीप राजधामीलाई पक्राउ गरेको हो ।

नेपाली न्याय निर्मला र नवराज

एकै रातो रङ्गको रगत उही गिलो मासु उही साह्रो हड्डी एकै प्राणले भरिएको सजीवतालाई रयाङकिङ गर्छ हिन्दू धर्म ।पहुँच र हैसियत तौलिन्छ व्यवहार गर्छ नेपाली समाज छाला र क्षेत्र हेरेर न्याय र निर्णय दिन्छ सिंहदबार अनि समानुभूतिको भाव

हत्याको बिरोधमा लकडाउनमै र्‍याली प्रदर्शन

खोटाङका दलित संघसंगठनले जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्याको बिरोधमा र्‍याली प्रदर्शन गरेका छन् ।

सोमालियामा ९ चिकित्सकको हत्या

आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आक्रमणबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको हत्या गरेको छ ।

रुकुम हत्याको विरोधमा राजधानीमा प्रर्दशन

जाजरकोट चौरजहारीका नवराज विकसहित ६ जनाको हत्याको विरोधमा नेपाल दलित संघ र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

आमाको हत्यापछि छोराले गरे आत्महत्या

कसैले सोच्न नसक्ने घटना बिहीबार मोरङको बेलबारीमा घटेको छ । आफ्नै छोराले आमाको हत्यापछि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।

रुकुम नरसंहारविरुद्ध बुटवलमा चर्कियो आन्दोलन

पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारविरुद्ध रुपन्देहीमा आन्दोलन चर्किएको छ । बुधबारबाट स्वत स्फूर्त रुपमा सुरु भएको नरसंहारविरुद्ध दोस्रो बिहीबार पनि विभिन्न संघसंस्था, मानव अधिकारवादी तथा दलित नागरिक अभियानले छुटाछुट्टै रुपमा प्लेकार्डसहितको विरोध प्रदर्शन गरेका हुन ।

दलित किशोरीको हत्या अभियोगमा जाहेरी दर्ता

रूपन्देहीको देवदहमा एक दलित किशोरीको जबर्जस्ती करणीपछि हत्या गरेको जाहेरी प्रहरीमा दर्ता भएको छ। प्रहरीले घटनालाई आत्महत्या भन्दै अनुसन्धान प्रक्रिया नै अघि बढाएको थिएन।

पाल्न नसकेपछि आमाले गरिन् शिशुको हत्या

आफूले जन्माएको सन्तानलाई आफैंले हत्या गर्‍यो भन्दा तपाईलाई पत्यार लाग्छ ? तर भक्तपुरको सूर्यविनायक घलातेंमा यस्तै एउटा दुर्घटना भएको छ । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने २२ वर्षीया रमिला राईले आफैंले पाएको चार दिने शिशु (छोरी)लाई आफैंले मुखमा कपडा कोच्चिदिएर हत्या गरेकी छन् ।

रुकुम घटनाबारे संसदमा कसले के भने ?

रुकुम पश्चिम घटनाको विषयमाव सांसदहरुले प्रश्न उठएका छन्। मंगलबार सांसदहरुले घटनाको विषयमा गृहमन्त्रीको जवाफ समेत मागे। संसदमा बोल्दै उनीहरुले रुकुम पश्चिम घटना मानव समुदायलाई लज्जित बनाउने बर्ववर्ताको पराकाष्ट भएको बताए। घटनालाई राजनीतिकरण हुन नदिइ छानविन गर्न उनीहरुले माग गरे। लामो समयदेखि थुप्रै प्रश्नको जवाफ पाए पनि कार्यान्वयन हुन नसकेको भन्दै उनीहरुले दोषीमाथी कडा कारवाहीको माग गरे।

रुकुम घटनाबारे गृहमन्त्रीको जवाफ : राजनीतिकरण हुन दिँदैनौ, दोषीलाई कारवाही हुन्छ

गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पारेका छन्।

रुकुम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

पश्चिम रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्