coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुकुम हत्याको विरोधमा राजधानीमा प्रर्दशन

जाजरकोट चौरजहारीका नवराज विकसहित ६ जनाको हत्याको विरोधमा नेपाल दलित संघ र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् । जातीय विभेदको कारण भएको सामूहिक हत्यामा सहभागी अपराधीको कारवाही हुनु पर्ने, घटनाको छानविन तथा अनुगमनको लागि संसदीय तहको छानविन समिति तत्कालै गठन गर्नु पर्ने, हत्याराहरुलाई तत्कालै गिरफ्तार गर्न, बेपत्ता शव तत्कालै खोज्न, मृतक सवैलाई शहिद घोषणा गर्न र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिने बताए । सरकारले तत्कालै जातीय विभेद विरुद्धको जनचेतनामुलक तथा अन्य कार्यक्रम गर्नु पर्ने माग गरेको छ ।  

कार्यक्रमलाई संबोधन गर्दै नेपाल बिद्यार्थी संघका नेता दीपक भट्टराईले जातीय विभेद विरुद्धको अभियानमा नेपाल बिद्यार्थी संघको ऐक्यवद्धता रहेको छ । सोही क्रममा नेपाली कांगे्रस नेता तथा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मंन्जित ताम्राकार र नेपाली कांगे्रसका केन्द्रीय सदस्य जीवन परियारले दोषीलाई तत्कालै कारवाही गर्न र उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरे । कार्यक्रम लकडाउनको बीचमै आयोजना गरिएको हो ।

प्रकाशित: १५ जेष्ठ २०७७ १५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App