९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कुटपिटको बदला लिन हत्या, दुई पक्राउ

तीन महिनाअघि सामान्य कुटपिटको रिसिइबीलाई लिएर सुनसरी बराहक्षेत्रका एक पुरुषको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको  छ। प्रहरीले बराहक्षेत्र वडा नं. ३ बस्ने ३७ वर्षे कमल राईको हत्या गर्ने सोही ठाउँका गणेश लिम्बु र प्रदीप राजधामीलाई पक्राउ गरेको हो ।  

घटनाक्रम अनुसार शुक्रबार बिहान छ बजेतिर वडा नं. ३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ् जग्गाको बाटोमा राईको हत्या गरेर शव फ्याकिएको थियो। लगतै प्रहरीको टोलीले राईको हत्या संलग्न भएको आरोपमा लिम्बु र राजधामीलाई पक्राउ गरेको हो। मृतक राई र लिम्बुबीच तीन महिनाअघि झै झगडा भएको थियो। सो क्रममा राईले लिम्बुलाई सामान्य कुटपीट गरेका थिए।  सोही बिषयको रिसिइबीलाई लिएर लिम्बु र राजधामी मिलेर राईको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बराहक्षेत्रका प्रहरी निरीक्षक सरण दाहालले बताए।  

बिहीबार साँझ राई मादक पदार्थ सेवन गरी हिडडुल गरेको अवस्थामा बराहक्षेत्रको नडाहामा लिम्बुले भेटेका थिए। त्यतिबेला राईलाई लिम्बुले फकाउँदै पुनः मादक पदार्थ सेवन गराई रातिको समयमा एकान्त स्थान ईक्राही टोलको जामुना कित्ता प्लटिङ् मकैबारी नजिक पु¥याएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गर्दा असारे जातको काठको लाठ्ठीले राईलको संवेदनशील अंग, टाउँको समेतमा कुटपीट गरी निर्ममतापूर्वक हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक दाहालले जनाए। प्रहरीले पक्राउ परेका दुवैलाई ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान थालेको छ।

 

प्रकाशित: १७ जेष्ठ २०७७ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App